फिक्कलः सूर्योदय नगरपालिकाले वडा नम्बर १४ लक्ष्मिपुरमा रहेको आप्रवासी बहुद्देसीय सहकारी संस्थालाई एक लाख बराबरको कार्यालय सामग्री हस्तान्तरण गरेको छ ।
नगरपालिकाको श्रम तथा रोजगार प्रवद्र्वन शाखा अन्तर्गत बैदेशिक रोजगारबाट फर्किएको व्यक्तिहरूको पुनएकीकरण कार्यक्रम (रेमी) द्वारा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
स्टील दराज, बक्सवाला स्टील टेबल दुई दुई थान हस्तान्तरण गरे । यसका साथै रिबल्भिङ चेयर र फायल रयाक एक एक थान र ५० थान प्लाष्टिकको कुर्सी दिइएको रेमी कार्यक्रमका रोजगार परामर्शकर्ता इश्वरी तामाङले जानकारी गराए ।
नगरप्रमुख रणबहादुर राईले बुधबार कार्यक्रम गर्दै संस्थाका अध्यक्ष अर्जृुन अधिकरी र कोषाध्यक्ष रिना राईलाई सामग्रीको चाबी सहित सामग्री हस्तान्तरण गरे ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख राईले ऋण तथा बचतमा मात्र सीमित नराखी सहकारी संस्थालाई व्यवसायी लगानीमा बृद्धि गर्न योजनाबद्व पैचो लगानीमा लाग्न आग्रह गरे ।
प्रमुख राईले सहकारीलाई आगामी दिनमा संस्थागत विकासकामा आवश्यक बजेट व्यवस्थान गरिदिने जानकारी गराए ।
स्थानीय क्षेत्रमा आप्रवासनबाट फर्किएको व्यक्ति, बैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य तथा रोजगारीका शिलसिलामा मृत्यूभएका परिवारका सदस्यलाई स्थानीय स्तरमै उद्यमी बन्न प्रोत्साहन गर्ने । संस्थाका सदस्यले उत्पादन गरेको वस्तुलाई खरिद गरी बिक्री प्रवद्र्वनमा सहयोग पुर्याउदै अधिकतम नाफा दिलाउन टेवा पुर्याउन सहकारी स्थापना गरेको संस्थाका अध्यक्ष अर्जुन अधिकरीले जानकारी गराए ।
सहकारीमा विदेशबाट फर्किएका, बैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका सदस्य, तथा वैदेशिक रोजगारका क्रममा मृत्यू भएकाको परिवारका सदस्य समेटिएको छ । ४१ जनाबाट सुरूवात गरेको संस्थामा अहिले ६४ जना सदस्य पुगेको बताइएको छ ।
सहकारी संस्थाका सेयर सदस्यलाई नगरपालिकाको आन्तयरक स्रोतबाट तीन पटक क्षमता अभिबृद्वि तालिम दिएको छ । संस्थाले अहिले बचत संकलन र ऋण लगानी गरिरहेका छ ।
यसअघि सहकारीले मासु अन्य स्थानीय उत्पादनबाट अचारको परीक्षण उत्पादन र बिक्री गरि सकेको छ ।