सूर्योदयमा सूचिकृत मेलमिलापकर्ताको पुनर्ताजकी तालिम सम्पन्न


सेवारो खबर  316 पटक हेरिएको

फिक्कल: मानव अधिकार मञ्च नेपाल इलामको प्राविधिक सहयोगमा सूर्योदय नगरपालिकामा मेलमिलापकर्ताको पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । दुई चरणमा गरे ६ दिन तालिम सञ्चालन भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको १, २, ११, १२, १३, १४, ४, १० र ९ वडाका ६५ बढी सूचिकृत मेलमिलापकर्ताको सहभागिता रहेको तालिममा विवाद व्यवस्थानमा आवश्यक सीप, मेलमिलापको चरणबद्द प्रकृया, न्यायिक समितिको विवाद व्यवसथापनको कानुनी कारबाही प्रकृयाका विषयमा जानकारी गराइएको न्यायिक समितिका उजुर प्रशासनक चुडामणी बरालले जानकारी गराए ।

नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक दुर्गा बरालको अध्यक्षतामा भएको तालिममा मेलमिलापकर्ताले मेलमिलापकर्तालाई नीतिगत रुपमा न्याय सम्पादनको क्षेत्रमा उपयोग गर्न आग्रह गरे ।

नगरप्रमुख रणबहादुर राईले नागरिकको सामाजिक न्यायलाई ध्यानमा राखेर दिगो शान्तिको सम्बाहक मेलमिलापकर्ता बन्न आग्रह गरे । तालिममा मानव अधिकार मञ्च नेपाल इलामका गायत्री थेगिम, यामकुमार माबो लिम्बू र सन्तोष मगरले सहजिकरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार