इलाम: इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत परिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेकपा एमाले (सूर्य)का सुहाङ नेम्बाङले ५ हजार ६ सय ७१ मतले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पछि पारेका छन् ।
निर्वाचन क्षेत्रको फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ देउमाई नगरपालिकाको ५ वटा वडाको मत गणना सकिदा नेम्बाङले १६ हजार ९ सय ४४ मत ल्याएका छन् । नेपाली कांग्रेसका (रुख)का खड्काले ११ हजार २ सय ७३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिम (मुडा)ले ९ हजार ४४, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बु (घण्टी)ले २ हजार ८ सय ३ मत प्राप्त गरेका छन् ।
मंगोल नेसनल अर्गनाईजेसनका मणिकुमार लिम्बु (भाले)ले ४ सय ६९ मत, नेकपा एकिकृत समाजवादी पार्टीका जीतबहादुर राई (कलम)ले ३ सय २७ मत, राष्ट्रीय प्राजातन्त्र पार्टीका लक्ष्रि गुरुङ (हलो)ले १ सय २६ मत, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली (गोरुगाडाको पाङ्ग्रो)ले १सय १७ मत, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ (लाउड स्पिकर)ले ८५ मत भेला गरेका छन् ।
स्वतन्त्र अर्जुनबहादुर शाही (डोजर)ले ३९ मत, नेसनल रिपब्लिक नेपाल पार्टीका उम्मेद्वार धनराज राना मगर(उडिरहेको माहुरी)ले ३३ मत, स्वतन्त्र राज बश्याल (जुँगा सहितको अनुहार)ले २९ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय मुक्ति आन्दोलन दलका जयवन्त विक्रम शाह (सटकोण)ले २७ मत, राप्रपा नेपालका गणेशबहादुर चौहान (तिर)ले २१, नेपाल मजदुर किसान पार्टी श्यामबहादुर दर्जी (मादल) र स्वतन्त्र दिपेश बोहरा (सिरिन्ज) समान १८–१८ मत पाएका छन् ।
स्वतन्त्र योगेन्द्र गुरुले (कैची)ले ४ मत र मनोज निरौला (माछा) ले ३ मत प्राप्त गरे । स्वतन्त्र डाकप्रसाद गौतम (महिला) ले ३ मत प्राप्त गरेका छन् ।
अहिलेसम्ममा ४१ हजार ९ सय ४७ मत गणना गर्दा ५ सय ६४ मत बदर भएको छ । भने सदर मत ४१ हजार ३ सय ८३ खसेको छ ।
मत परिणाम: