इलाम: पहिचान भौगोलिक अखण्डता नेपाली जनताको स्वभिमानसँग जोडिएको सह अस्तित्व भएको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले इलाममा गरेको पत्रकार सम्मेलनका बक्ताले बताएका छन् । उनिहरुले पहिचानको विषयलाई गलत, भ्रामक, जात र समुदायसँग नजोड्न आग्रह समेत गरे ।
पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको महासचिव रामभक्त कुरुम्बाङले पहिचान सबैको हो । कुनै पनि जात तथा समुदाय विशेषको मात्र नभएको बताउँदै भने “पहिचान सबैको साझा भावना र सहअस्तित्वको रक्षाका लागि हो । दीगो शान्ति र विकासका लागि हो ।”
महासचिव कुरुम्बाङले नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले चुनावी सभा तथा विजयी सभालाई सम्बोधन गर्दै पहिचानका पक्षमा बोलेको विषयमा प्रतिकृया दिदै ओली महान पहिचानवादी हुन भन्दै भने “ओली महान एकल जातीय पहिचानवादी हुन । संविधानको बर्खिलाप गरेर नेपाली जनताको मनोविज्ञान चाहना बिपरित कोशी नाम र पहिचानको मनोभावना विपरित सर्वसत्ताको रक्षामा लागेका छन् ।”
बोलीको ठेगान नभएको ओलीको भनाईलाई राजनैतिक बैमानी भएको भन्दै, कुरुम्बाङले सविधानको परिकल्पना बिपरित प्रदेशको नाम कोशी खारेज गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले जिल्लाकै मंगलबारेमा चुनावीसभालाई सम्बोधन गर्ने क्रममा सबैको पहिचानको रक्षा नेकपा एमालेल गर्छ त्यसैले एमालेलाई मतदान गर्नुहोस भनेका थिए भने एमालेका उम्मेद्वरको विजयपछि विजयसभामा बोल्दै कोशी सबैको साझा पहिचान हो कसैको भूलभूलैयामा नलाग्नुहोस भनेका थिए ।
उनले प्रदेशको नाम खारेज गरेर पुन नामाङ्कन गर्ने वातावरण दलहरुले सिर्जना गरे सबैको साझा नाम दिन कुनै आपत्ती नहरेको जानकारी गराउँदै यसका विषयमा संघर्ष समितिले तय समेत गरिसकेको बताए।
पत्रकार सम्मेलनमा पहिचान पक्षधरका उम्मेद्वार डकेन्द्रसिंह थेगिमले सम्पूर्ण मतदातालाई धन्यवाद भन्दै, एकल गोत्रीय ‘कोशी’ नाम खारेज गरेर त्यस भूगोलको इतिहास, सभ्यता, संस्कृतिको आधारमा पहिचान सहितको पुनः नामाङ्कनको माग गर्दै आन्दोलन जारी रहने बताए ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा जनताको जनलहर हुँदाहुँदै सत्ता–शक्ति–स्रोतलाई नियन्त्रण गरिरहेका पहिचान विरोधी दलहरूको षडयन्त्र स्वरूप जनताको पहिचानलाई विस्तेज पार्नका लागि स्वार्थ रूपी अघोषित सेटिङले जनअपेक्षित परिणाम हासिल गर्न नसकिएको आम रूपमा जगजाहेर छ । तथापि हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पूँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको उल्लेख छ ।
साथै सहिद, घाइते, बन्दीहरूको सपना साकार पार्न पनि यस अभिमतले बल पुराएको छ । पहिचान विरोधीहरूको षडयन्त्र, सेटिङलाई निस्तेज पार्न पहिचान पक्षधर शक्तिहरू थप सशक्त, सङ्गठित र एकताबद्ध भएर पहिचानको राजनीतिको बाटो तय गर्न गराउन इलाम २ को उपनिर्वाचनमा प्राप्त जनमतले स्पष्ट राजनीतिक सन्देश दिएको छ ।
२०८१ वैशाख १५ गतेको इलाम २ को उपनिर्वाचनलाई उपयोग गर्ने नीति बमोजिम पहिचान, सङ्घीयता, समान अधिकार, शान्ति र दिगो विकासको नारा सहित पहिचान पक्षधर साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बुलाई चुनाव चिन्ह मुढामा अपार माया र समर्थनका साथ अमूल्य मत दिएर शासकीय एकल गोत्रीय ‘कोशी’ नामाङ्कन जनताले वहिष्कार गरेको पुष्टि गर्दै संसदीय लोकतन्त्रमा पहिचानको राजनीतिको सुनौलो दिशातर्फ अगाडि बढ्ने अभिमत व्यक्त गर्नु भएकोमा इलाम २ का सम्पूर्ण सचेत वालिग मतदाताहरूमा हार्दिक बधाई सहित धन्यवाद ज्ञापन गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।
“उपनिर्वाचनमा दिलोज्यान लगाएर खट्नुहुने संयुक्त सङ्घर्ष समितिका घटक संस्थाका नेता÷अभियन्ताहरू, स्वतन्त्र तथा संस्कृतिवादी पहिचानवादी राजनैतिक दलहरूको समर्थन एवम् ऐक्यवद्धता सहित साथ सहयोग गर्नु हुने बुद्धिजीवी, नागरिक समाज, पत्रकार, कलाकार, युवा, विद्यार्थी, किसान, मजदुर, इन्जिनियर, वकिल, उद्योगी÷पेशा÷व्यवसायी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ । साथै विदेश÷प्रवासमा रहेर पनि साथ सहयोग गर्नु हुने सम्पूर्ण शुभेच्छुकहरू प्रति समेत कृतज्ञता ज्ञापन गर्दछौँ ” विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ती: