‘सरकार गठनको आव्हान असंवैधानिक कदम’- मुख्यमन्त्री कार्की


सेवारो खबर  290 पटक हेरिएको

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा सरकार हुँदाहुँदै प्रदेश प्रमुखले पर्शुराम खापुङले अर्को सरकार आव्हान गरेर असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । प्रदेश प्रमुखको कदम विरुद्ध मुख्यमन्त्री कार्की सर्वो अदालत जाने तयारीमा छन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका नेता कार्की २६ चैतमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । अल्पमतमा परेको ३० दिनपछि बुधबार मध्यरातमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरे ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्को सरकार आह्वान गरिनु असंवैधानिक कदम भएको टिप्पणी गरे । उनले भने, ‘संविधानले दुई वटा सरकारको परिकल्पना गरेको छैन ।’

आफू बहाल रहेकै अवस्थामा नयाँ सरकार गठनको आह्वान गर्नु असंवैधानिक भएको दाबी गर्दै उनले भने, ‘यो असंवैधानिक कदम भयो, गल्ती गर्दाखेरी मान्छे चुक्छन् ।’ @onlinekhabar.com बाट ।

सरकार आव्हानको सूचना :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार