२ सय १८ किलो बढी गाँजा सहित मोरङमा एक जना पक्राउ


सेवारो खबर  50 पटक हेरिएको

मोरङ: मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । २ सय १८ किलो १ सय ७५ ग्राम लागुऔषध गाँजा सहित २४ बर्षीय भगवान किस्कुलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लागुऔषध गाँजाको ओसार पोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बैशाख २७ गते राती साँढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । किस्कुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार