के गर्छ ? २६ औ स्थापना दिवस मनाएको मानव अधिकार मञ्च नेपाल इलामले !


याम माबोहाङ लिम्बू/सरिता राई  246 पटक हेरिएको

इलामः मानव अधिकार मन्च नेपाल इलामले आइतबार २६ औ स्थापना दिवस मनाएको छ ।

मञ्चका अध्यक्ष मोहनसिँह थेवेको अध्यक्षतामा स्थानपना दिवसमा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमको कार्य सम्पादनको समिक्षा गरेको जनाइएको छ ।

संस्थाको विषयगत क्षेत्र द्वन्द्व, शान्ति र न्याय, अधिकार र मानवअधिकार, लैगिंक तथा सामाजिक समावेशीकरण लोकतन्त्र र सुशासन, आपतकालिन सहयोगसँग सम्बन्धित चालु परियोजना युवा स्वरोजगार तथा उधमशिलता, समाज रुपान्तरण गर्ने कचहरु नाटकको उपलब्धिको विषयमा जानकारी तथा समिक्षा गरिएको संस्थाका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले जानकारी गराए ।

मानव अधिकार मञ्च नेपाल इलामले द्वन्द्व, शान्ति र न्यायका क्षेत्रमा अहिंसात्मक द्वन्द्व रूपान्तरण मार्फत हिंसात्मकद्वन्द्व न्यूनीकरण, सामाजिक न्याय, सम्बाद, मनोसामाजिक मनोविमर्श, कचहरी, मेलमिलाप, अहिंसात्मक सञ्चार, सम्बाद सहजीकरण, न्यायिक समितिहरूको सवलीकरण जस्ता सवालहरू मार्फत दीगो शान्तिका लागि संस्था क्रियाशील छ । संस्था मेलमिलाप सम्बन्धि काम गर्ने नेपालकै एउटा पहिलो संस्थाको रुपमा स्थापित गर्दै मेलमिलाप सम्बन्धि तालिम प्रदायक संस्था तथा मेलमिलाप सम्बन्धि काम गर्ने संस्थाको रूपमा मेलमिलाप परिषदमा सूचीकृत छ ।

अधिकार र मानव अधिकारको क्षेत्रमा मानव अधिकारको अनुगमन, अभिलेखन, मौलिक हक, मानव अधिकार शिक्षा, महिला, बालबालिका, जेष्ठनागरिक, श्रमिक अधिकार, मानव बेचविखन विरूध्द अभियान जस्ता विषय तथा क्षेत्रहरूमा सचेतना, पैरवी, सम्वाद, क्षमता विकास जस्ता क्रियाकलापहरू संस्थाले सञ्चालन गर्दै आएको छ ।

लैगिंक तथा सामाजिक समावेशीकरणक्षेत्रमा मानव अधिकार मञ्च लैगिंक तथा सामाजिक समावेशीकरणलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई काम गर्दछ । जातीय विभेद, छुवाछुत, समावेशी सहभागिता, सकारात्मक विभेद जस्ता सवालहरू संस्थाका प्राथमिकताका क्षेत्रहरू हुन् ।

लोकतन्त्र र सुशासनका क्षेत्रमा संविधान तथा विद्यमान कानूनहरू बारे सचेतना, कार्यान्वयनका लागि पहल, लोकतान्त्रिक अभ्यास, विधिको शासन तथा सुशासनका क्षेत्रमा संस्था क्रियाशील छ ।

आपतकालिन सहयोगको क्षेत्रमा आपतकालिन सहयोग संस्थाले बाल हेल्प लाइन १०९८, मनोविमर्श, कानूनी सहायता, उध्दार, आपदकालिन आवास जस्ता सेवाहरूलाइ नियमितरूपमा प्रदान गर्दै आएको छ ।

मानव अधिकार मञ्चका उपाध्यक्ष डिमला राईले स्वागत गरेको कार्यक्रममा प्रदेशभरी मुख्य कार्य क्षेत्र बनाएको संस्थाले सञ्चालन गर्दै आएको बाल हेल्पलाइन कानूनी सहयोग र परामर्श, कानूनी सहयोग र परामर्श, कानूनी सहयोग र परामर्श, कानूनी सहयोग र परामर्श, उद्धार तथा आकस्मिक आवास, मानव अधिकार अनुगमन तथा अभिलेखीकरणको कार्य सम्पादनका विषयमा समिक्षा गरिएको थियो ।

बाल हेल्पलाइन (२४ घण्टा, पैसा नलाग्ने नम्बर) १०९८ः जोखिममा परेका वा समस्यामा परेका बालबालिकाहरू, तत्काल उध्दार तथा सहयोगका लागि पैसा नलाग्ने नम्बर १०९८ नेपाल सरकारले सञ्चालन गरेको छ । मानवअधिकार मञ्चले यो सेवा सञ्चालन गर्दछ । यो २४ घण्टा नै उपलब्ध छ ।

कानूनी सहयोग र परामर्शः मानवअधिकार मञ्चले हिसा पीडित महिला, बालबालिकाहरूलाइ कानूनी सहायता गर्नुका साथै स्थानीय सरकार, न्यायिक समितिहरू तथा मेलमिलापकेन्द्र र मेलमिलापकर्ताहरूलाइ कानूनी परामर्श प्रदान गर्दछ ।

मेलमिलाप केन्द्र र मेलमिलाप सेवाः संस्थाले मेलमिलापकर्ता उत्पादन गर्ने मेलमिलाप सम्बन्धि विभिन्न प्रकारका तालिमहरू, न्यायिक समितिहरूलाइ तालिम तथा परामर्श प्रदान गर्दछ । यसका साथै संस्थाको मेलमिलाप केन्द्रमा तालिम प्राप्त र अनुभवी मेलमिलापकर्ताहरू द्वारा विवाद समाधानको सेवा उपलब्ध छ ।

मनोविमर्श सेवाः मनोविमर्श सेवाका बारेमा जानकारी साथै सेवाको आवश्यकता परेका व्यक्त्तिहरुलाइ मनोविमर्श सेवा प्रदान गरिन्छ ।
टोलफ्री (हिंसा पीडित महिलाहरूका लागि, पैसा नलाग्ने नम्बर) १६६०२७५२१११ः कार्यालय समयमा यो नम्बरमा फोन गरेर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

विषयगत विज्ञसेवा तथा सहजकर्ताहरूः संस्थासँग सम्बन्धित विषयगत क्षेत्रमा विज्ञ सेवा पनि प्रदान गरिन्छ । इच्छुक सरकारी, गैरसरकारी, वा समुदाय तथा नीजि क्षेत्रबाट यी सेवाहरू लिन चाहेमा संस्थामा सम्पर्क गरी लिन सकिने व्यवस्था गरिएको छ ।

उद्धार तथा आकस्मिक आवासः मानवअधिकार मञ्चले हिंसा पीडित महिलाहरुका लागि आकस्मिक आवास प्रदान गर्दछ । जोखिममा परेका बालबालिकाहरुका लागि उद्धार, आकस्मिक आवास सेवा प्रदान गर्दछ । आकस्मिक आवासमा रहेका महिला तथा बालबालिकाहरुलाई संस्थाले प्रदान गर्ने अन्य सेवाहरु पनि प्रदान गर्दछ ।

स्थापना दिवसको अवसरमा संस्थाको समग्र विकासमा योगदान पुर्याउनु हुँने विभिन्न व्यक्तित्वहरुको चर्चा गर्दै उनिहरुको योगदानले मात्रै संस्थाले यो उचाई ग्रहण गरेको मञ्चका अध्यक्ष मोहनसिं थेबेले बताए । उनले संस्थाको लक्ष्य र उद्देश्यका लागि देशी तथा विदेशी सहयोगी दातृ निकायलाई समेत धन्यावद भने ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीको उपस्थीति रहेको थियो । तपाई जुनसुकै ठाउँमा भएपनि मञ्चको सेवा लिन https://hurf.org.np/np/ यहाँ लगइन गर्न सक्नु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार