इलाम: सुर्योदय नगरपालिका ५ समालबुङमा पहिरोले चार घर परिवारका विस्थापित भएका छन् । मेची किनार टोलका लालबहादुर देवान, शंख बहादुर देवान, कुमुम देवान र बदप्रसाद देवानको घर परिवार विस्थापित भएको स्थानीय सञ्चारकर्मी गोविन्द पौडेलले जानकारी गराए ।
झण्डै दुई साता अघिदेखि निरन्तर परेको पानीले पहिरो जाँदा करिब ४५ रोपनी जग्गा बगि सकेको छ । पहिरो घर नजिकै आइपुगेकाले गोठमा सरेर बसीरहेको लालबहादुर देवानले बताए ।
पहिरोले लालबहादुरको अलैची अम्लिसो बगान रहेको २० रोपनी, शंखबहादुरको चियावारी रहेको २० रोपनी र बेलप्रसादको ५ रोपनी जमिन बगाइसकेको छ ।
वडाध्यक्ष उर्गेन बम्जनले पहिरोको स्थलगत अध्यायन गरी समस्यामा परेको तीन परिवारलाई सुरक्षित स्थानमा अस्थाई स्तान्तरण गरिएको र संख देवानको परिवारलाई सार्ने तयारी भईरहेको जानकारी गराए ।
वडाले बिस्थापित परिवारको राहत र पुर्नवास आवश्यक कागजी प्रकृया पुरा गरेको नगरपालिका बिपत ब्यवस्थापन समितिले अनुगमन गरि आवश्यक निर्णय गर्ने वडा अध्यक्ष बम्जनले बताए ।
पहिरो बिस्थापितलाई रेडक्रसले एक थान कम्बल र त्रिपाल बितरण गरेपनि नगरपालिकाको आपतकालिन सहयोग आइनसकेको मेचीकिनार टोल बिकास संस्थाकी संयोजक जयन्ती गिरीले बताइन् । बिस्थापित परिवारलाई सुरक्षित स्थानमा पुर्नवास गराएर दिर्घकालिन योजनामा लाग्नु पर्ने गिरीको भनाई छ ।
नगर बिपत ब्यवस्थापन समितिका संयोजक राज कुमार सेरेङले प्रहरी मुचुल्का आइसकेकोले वडाध्यक्षसँग समन्वय गरिरहेको जिल्ला दैबीप्रकोपमा प्रमुख जिल्ला अधिकारीको सिफारिसमा प्रदेश र केन्द्र पठाउने तयारी भएको जानकारी गराए ।
गएको असार २३ गतेदेखि लगातार ३ दिन पहिरो गएर ४ परिवार बिस्तापित भएको जानकारी शसस्त्र प्रहरी, वडा कार्यलय, नगर पालिकामा जानकारी गराउदै स्थालगत मुचुल्का समेत बनाइएको छ ।
नगरको कार्यविधीका अनुसार कर्कटपाता आवस्यक अनुसार नगद १० देखि२० हजारसम्म दिने ब्यावस्था भएकोले त्यस्को ब्यावस्था गरिने नगरपालिकाले बताएको छ ।