इलाम: नेपालमा वर्षादको एक महिनामा मनसुनजन्य विपदमा परी ६९ जनाले ज्यान गुमाएका छन् । विपदमा परी ८९ जना घाइते भएको तथ्याङ्क छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मनसुनको ३० दिनको अवधीमा गएको वर्ष भन्दा २ सय ४० घटना बढी भएको देखिन्छ ।
प्रतिवेदनमा यो वर्ष ६ सय ९१ वटा घटना भएको उल्लेख छन् । गएको वर्ष यहि अवधिमा विपद्का मुख्य घटना चार सय ५१ वटा भएको तथ्याङ्क छ ।
घटनामा परी ६९ जनाले ज्यान गुमाएका छन् । गएको वर्ष एक महिनामा ४२ जनाको ज्यान गएको देखिन्छ । सनसुन जन्य घटनामा यसपाली ८९ जना घाइते भए भने गएको वर्ष ५६ जना घाइते भएका थिए ।
वर्षाको विपदमा परी गएको वर्ष भन्दा यस वर्ष प्रभावित परिवारमा कमी आएको छ । एक महिनाको अवधिमा एक हजार दुई सय ७२ परिवार प्रभावित भएका छन् भने गएको वर्ष दुई हजार एक सय ६४ परिवार प्रभावित भएका प्रतिवेदनमा छ ।
प्राधिकरणले यस वर्ष जेठ २८ गतेदेखि ३० दिनको अवधिमा भएको तथ्याङ्क साउन ५ गते सार्वजनिक गरेको हो । प्रतिवेदन गएको वर्षको जेठ ३१ अर्थात् मनसुन सुरु भएको दिनदेखि एक महिनाको तुलनात्मक तथ्याङ्क रहेको जनाइएको छ ।
मनसुन भएको एक महिनामा मनसुनजन्य विपद् मुख्यगरी बाढी, पहिरो र चट्याङका घटना भएको देखिन्छ । घटनाबाट मानवीय क्षति धेरै भएको तथ्याङ्क छ ।
१ सय ६ वटा बाडीमा परी १५ जनाले ज्यान गुमाएका छन् । घटनामा परी ४ घाइते ४ जना बेपत्ता भएका छन् भने ४ सय ३४ परिवार प्रभावित भएका छन् । ३ सय ३ पहिरोमा परी ३५ जनाले ज्यान गएको छ । पहिरोमा परी ४३ घाइते भएका छन भने ३ सय ८६ परिवार प्रभावित भएको तथ्याङ्क छ ।
९४ वटा चट्याङ्का घटनामा परी ६९ जनाको मृत्यू भएको छ । ३५ जना घाइते भए भने एक जना प्रभावित भएको देखिन्छ । यस्तै १ सय ७९ वटा भारी वर्षाको घटनामा ७ घाइते हुँदा ४ सय ४४ प्रभावित भएका छन् ।
विपदले ९७ वटा निजीघर पूर्ण रुपमा क्षति भएका छन् भने ८३ वटा आंशिक क्षति भएको तथ्याङ्क छ । १० वटा झोलुङ्गे पुल एउटा सरकारी कार्यालय एउटा विद्यालय भवन ४ वटा पक्की पुल र एउटा जलविधुत आयोजनामा क्षति भएको छ ।
मानवीय क्षति पनि अघिल्लो वर्षमा भन्दा यसपाली बढेको प्राधिकरणको प्रतिवेदनमा देखिन्छ ।
@प्रतिवेदन :
Monsoon_30_Days_Report_in progress 4_Compressed – Copy