प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ


सेवारो खबर  62 पटक हेरिएको

इलाम: झापा र मोरङको बिभिन्न स्थानबाट मंगलबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जना पक्राउ परेका छन् । उनिहरुलाई चेकजाँचको क्रममा प्रक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ मा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा-४ का ३० बर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

झापाको मेचीनगर-६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ बर्षीय शुरेश गुरुङलाई १ ग्राम ८ सय ७० मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलावारी र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटरमा सवार कमल गाँउपालिका-१ का २९ बर्षीय मौसम लिम्बु र ३६ बर्षीया सर्मिला राईलाई ५ ग्राम ५ सय ३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोडको प्रहरी टोलीले सिन्धुलीका २८ बर्षीय धन बहादुर बस्नेतलाई ३ ग्राम ५सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

 

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार