फिक्कल: सिकाई उपलब्धीलाई सहज बनाउँन विद्यालयका बालबालिकामा नाटक आवश्यक रहेको सूर्योदय फिक्कलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताए ।
सूर्योदन नगरपालिका १० को पालुवा बालक्लबले आयोजना गरेको नाटक सम्बन्धि दुई दिने कार्यशालामा विद्यालयको सिकाईलाई थप सहज बनाउँन नाटक शिक्षाले सहज बनाउँने अनुभव सहभागीले व्यक्त गरे ।
कार्यशालाले पढाईलाई ध्यान केन्द्रित गराउँदै र ज्ञानलाई आफूमा समाहित गर्दै शिक्षा आर्जन गर्ने सीपको सिकाईको विकास भएको पालुवा बाल क्लबकी अध्यक्ष नायुमा राईले बताइन् । उनले यसरी सिकाईलाई व्यवहारिक रुपमा रुपान्तरण गर्न नाटक शिक्षाले सहयोग गर्ने भएकोले आधारभूत रुपमा नाटक शिक्षा विद्यालयमा सिकाउनु पर्नेमा जोड दिइन् ।
कार्यशालाको समापन समारोहमा वडा अध्यक्ष भाइचुङ पेमा उगेन लामाले कार्याशालाले बालबालिकाको चौतर्फी विकासमा सहयोग गरेको बताए । उनले नाटकको कार्यशालाले बालबालिकालाई खुल्ला बनाउँदे सीप सिक्ने ज्ञानको विकास गराएको बताउँदै, बाल मनोविज्ञानको विकासमा वडाले सहयोग गर्दै जानेमा विश्वास दिलाए ।
कार्यशालाको सहजकर्ता चेतना नाट्य समूह इलामका अध्यक्ष तथा रंगकर्मी सुरेश पोर्तेलले बालबालिकाको सिकाईलाई थप सशक्त बनाउँन विद्यालयमा नाटक अपरिहार्य भएको बताउँदै नाटकको सीपले बालबालिका तथा व्यक्तिलाई बहुआयामिक बनाउँनेमा विश्वास व्यक्त गरे । उनले यसका लागि नाटक शिक्षाले विद्यालयमा सिकाईलाई थप महत्पूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए ।
कार्यशालामा नाटकका विषयमा शारीरिक हाउभाउ, कथा विकास, नाटकको प्रकार, सडक नाटक गर्दा ध्यान दिनु पर्ने कुरा, सिकाईमा कसरी ध्यान केन्द्रित गर्ने, मनोबल उच्च राख्ने विषयमा समेत जानकारी गराइएको सहजकर्ता पोर्तेलले बताए ।
३६ बालबालिकाका सहभागिता रहेको कार्यशालामा सहभागी विद्यार्थीले बालबालिकाको मनोसामाजिक स्वाथ्यका विषयमा कम्तिमा पाँच विद्यालयमा नाटक देखाउँने लक्ष्य रहेको जानकारी गराए ।