थेगुवाको कविता कृति ‘सपनाहरुको बही’को विमर्श


सेवारो खबर  203 पटक हेरिएको

इलाम: झापाका कवि अभागी थेगुवाको कविता कृति ‘सपनाहरुको बही’को विमर्श भएको छ । बिमर्श कार्यक्रम इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानले बिहिबार इलाम बजारमा गरेहो हो ।

प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा भएको विमर्शमा महेन्द्र रत्न बहुमुखी क्याम्पसका केशबहादुर राई, भगवती माध्यमिक विद्यालयकी शिक्षक धर्मादेवी निरौला र कवि बिमल बैधले कृतिका विषयमा चर्चा गरेका थिए ।

शिक्षक धर्मादेवी निरौलाले सपनाहरुको बही किताबले समाजको अथार्थता समेटिएको बताइन् । उनले कविता कविको भोगाई मात्र नभई समाज र समयको व्यवहारिक चित्रण भएको जोड दिदै समाजका गुरुहरुले सिकाएको ज्ञान मात्र पूर्ण नहुने बताइन् ।

विमर्शमा महेन्द्र रत्न बहुमुखी क्याम्पसका केशबहादुर राईले सपनाहरुको बहीले नेपाली समाजको सांस्कृतिक बिम्वसँग समाजको आवाज उठाएको बताए । उनले समाजमा भएको सामाजिक विषयबस्तुको सून्यताको उत्तरको खोजी बहीले गरेको तर्क गरे ।

‘थेगुवाको कृति आशा र निराशाको बीचको भोगाईको प्रयोग भएकोले नागरिक भएर पनि अनागरिक भएको यथार्त बोलेको छ राईले भने गरिखाने साहश हुनेको नागरिकता नुहुँनेको आवाज उठान गरेको छ ।’

कवि बिमल बैद्यले समय र समाज कविताले बोल्नु पर्छ भन्दै कृति सपनाहरुको बहीले समय र समाजको विषय उठान गरेको बताए । उनले भने ‘कविताको शक्तिले आवाज र व्यवहार बोल्छ, जसले समयलाई सम्बोधन गरेको छ । सांस्कृतिक चेतको विकास गरेको छ । जसको निकास खोजिरहेको छ । त्यसैले किताबी ज्ञान मात्र सबै थोक होइन साहित्यिक चेत हुन आवश्यक छ ।’

कृतिकार थेगुवाले चर्चा र पढन संस्कृतिले मात्रै बुझाई र सिकाईको निर्माण गर्ने बताए । उनले प्रयोग र नयाँपनको निर्माणले मात्रै साहित्यिक चेतको विकास गर्नेमा जोड दिए ।

विमर्श कार्यक्रममा इन्द्र नारायण सुवेदीले शब्दकोषमा नाता, विवश बलिभद्र कोइरालाले गाउँ गाउँजस्तो छैन अचेल, सुन्दर कुरुपले आमा र आमाका साथीहरु, सेलिङ केसीले संसार स्वार्थी छ, युवीर चेम्जोङले उल्टा प्रश्न जय नारायण भट्टराईले हाम्रो कृषि कविता सुनाए ।

यस्तै पवित्रा घिमिरेले कविलाई शुभकामना रचना सुनाए । दिलिप घिमिरेले गजल हरीनाथ फएलले हाइकु सुनाए । लोक सास्कृतिक अभियन्ता देवी गौतम, लक्ष्मी मिश्र र जीवनहरी शर्मा कविता र लेखकबा विषयमा बोले ।

५६ कविता समेटिएको सपनाहरुको बही कृतिको विमर्श कार्यक्रममा कवि सुगम खत्री ल्याङ सिर्जना सुनाए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार