काठमाण्डौ: प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १६ जिल्लाका २ हजार ५ सय २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ मार्फत शैक्षिक सामग्री वितरण गर्न लागेको रिपोर्टर्स क्लब नेपालमा गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर जिल्लाका सामुदायिक विद्यालय कक्षा ११ र १२ मा विद्यार्थीलाई उनिहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली बृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गर्ने जानकारी दिएको छ ।
परिषदले भारतीय जनता र भारत सरकारको सहगोगबाट मार्फत शैक्षिक सामग्री वितरण गर्न लागेको हो । तीन वर्षदेखि निरन्तर देशका अलगअलग जिल्लामा शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।
विद्यार्थीहरूको वैचारिक सामाजिक विकास गर्न देशभरका विद्यालयमा सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाई अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप परिषदले गर्दै आएको छ ।
यसअघि २०७९ सालमा सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, गोरखा, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला गरेर देशका ११ वटा हिमाली जिल्लाहरूका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो । २०८० सालमा १८ जिल्लाहरूमा सामग्री वितरण गरेको थियो । यस्तै जाजरकोटमा गएको भुकम्प प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरेको थियो ।