विराटनगर: कोशी प्रदेशको पाँच पालिकामा उद्यमशिलता र रोजगारी कार्यक्रम शुरु भएको छ ।३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको जनाइएको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको बताइएको छ ।
वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई शुरु भएको हो ।
कार्यक्रम झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा सञ्चालन हुने भएको छ ।
कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रुपैयाँ यो कार्यक्रममा खर्च गर्नेछ ।
सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशीलता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले रोजगार वृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दाबी गरे ।
कार्यक्रमबाट २ सय व्यक्तिलाई उद्यमशीलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा.पुकार मल्लले जानकारी दिए ।
कृषि मन्त्रालयका सचिव डा.लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालय लागि पर्न आग्र गरे ।