इलाम: अब इलाममा प्रत्येक महिनाको अन्तिम शुक्रबार सृजना उत्सव हुने भएको छ ।
इलाम नगर साहित्य कला संगित प्रतिष्ठानको आयोजनामा अरनिको सांस्कृतिक संग्रहालयको सभा कक्षमा नयाँ तथा पुराना पुस्ताका सृजना सुन्न पाइने बताइएको छ ।
सृजना उत्सवको उत्घाटन तथा पहिलो श्रीखंला शुक्रबार शुरु भएको छ ।
उत्घाटन कार्यक्रमामा प्राज्ञ रविमान लम्जेल, कोमल निरौला, प्रतिष्ठानको सल्लाहकार देवि गौतम, विमल वैध, कवि पवित्र निरौला, जिवनहरि शर्मा, नयाँ पुस्ताका विद्यार्थि लगायतले आफ्नो सृजना सुनाए ।
कार्यक्रममा नविन सृजनाको सम्मान गर्दै हौसला प्रदान गर्न लेखन सीपलाई तिखार्न सृजना उत्सवको सुभाराम्भ गरिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुङ्हाङ्ले बताए ।
सहभागि पवित्रा निरौलाका अनुसार आफ्नो रचना प्रस्तुत गर्ने नयाँ अवसर मिलेकोमा खुशि व्यक्त गर्दै लेखनमा प्रेरणा मिलेको बताईन् । सहभागी सुगम खत्रीले यस्तो किसिमको सृजनात्मक कार्यक्रमले नयाँ पुस्ताका लेखकहरुलाई थप हौसला मिल्ने मत राखे ।
३० जना बढीको सहभागिता रहेको कार्यक्रम सञ्चालन प्रतिष्ठानका जयनारायण भट्टराईले गरेका थिए ।