“भूगोल मात्र एकीकरण भएको मुलुक नेपाललाई नयाँ राष्ट्रिय एकीकरण गर्ने”-पहिचानवादी मोर्चा

राजनीतिक तथा संगठनात्मक अवधारणा पत्र सार्वजनिक


सेवारो खबर  102 पटक हेरिएको

 

 

 

इलाम: पहिचानवादी मोर्चाले राजनीतिक तथा संगठनात्मक अवधारणा पत्र सार्वजनिक गरेको छ । मोर्चा गठन भएको करिब ३ महिनापछि अवधारणा पत्र आइतबार सार्वजनिक गरेको हो ।

बहुसास्कृतिक समाजवादी लोकतन्त्रलाई अंगिकार गरेको मोर्चाले राजनीतिक शक्ति निर्णमा गर्दै बहुसांस्कृतिक सहभागितामुलक समाजवादी लोकतन्त्रिक राज्य स्थापना गरी नेपाललाई समृद्ध बनाउँने लक्ष्य मोर्चाको रहेको संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले बताए ।

‘विद्यमान पहिचान र न्याय विरोधी राजनीतिममा मौलाएको कुशासन, असमानता, अन्याय, भ्रष्टाचार नातावाद र कृषावादलाई समुल नष्ट गर्ने वैकल्पिक राजनीतिको माग माग बमोजिम मोर्चाको स्थापना भएको संयोजक प्राडा लावती भने देश र जनताले भोगिरहेको अवस्था र आवश्यकतालाई आत्मसात गर्दै विस्तार भएको पहिचानवादी आन्दोलनका छरिएर रहेका शक्तिहरुलाई एकत्रित गर्दै आमुल परिवर्तनकारी एकीकृत पहिचावादी राजनीतिक शक्ति निर्माणको ऐतिहासिक जिम्मेवारी पुरा गर्न एक संयोजनकारी सहजकर्ताको रुपमा पहिचानवादी मोर्चा स्थपना भएको हो ।’

“राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्दै शक्ति सञ्चय र विस्तारका लागि निर्वाचनमा सहभागी बन्दै दृढता पूर्वक देश जिम्मा लिएर न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य बोकेको पहिचानवादी मोर्चाको लक्ष्य बहु सांस्कृतिक सहभागितामुलक समाजवाली लोकतान्त्रिक राज्य स्थापना गरी नेपाललाई समृद्ध बनाउनु हो ।”९० पृष्ठ लामो मोर्चाको अवधारणा पत्रमा उल्लेख छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा सबै समुदायको सशक्तिरण पहिचानको सम्मान सांस्कृतिक र जातीय सामुदायिक अधिकारको सुनिश्चितता, धर्म निरपेक्ष राज्यको सुदृढीकरण र संरक्षण जात व्यवस्थाको समुल अन्त्य/समानुपातिक प्रतिनीधित्व तथा स्रोत साधनको समुचित वितरण गर्दै बन्धुत्व र सह-अस्तित्वको वातारण बनाई जातीय मुक्ति तथा वर्गिय मुक्तिसहितको लैङ्गिक समतामुलक विधिको शासन र भ्रष्टाचारमुक्त, समृद्ध र विभेदरहित न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्य मोर्चाको अवधारणा पत्रमा उल्लेख छ ।

अवधारणा पत्रमा भनिएको छ ‘एकल जातीय राज्यसत्ताको समूल अन्त्य गरी अधिकार सम्पन्न न्यनतम १० जोड १ राज्य लिम्बुवान किरात सेर्पालुङ ताम्सालिङ नेवा तमुवान मगरात खसान थरुहट मधेर र दलित शिल्पी प्रदेश प्रादेशिक स्वायत्त क्षेत्र संरक्षित क्षेत्र र विशेष क्षेत्रसहित संघीयता समाजवादी समानुपातिक निर्वाचन प्रणालीको कार्यन्वयन र सहभागितामुलक समाजवादी लोकतान्त्रिक अर्थराजनीतिक व्यवस्थासहित बहुसास्कृतिक राज्य स्थापना गर्दै भूगोल मात्र एकीकरण भएको मुलुक नेपाललाई नयाँ राष्ट्रिय एकीकरण गर्ने रहेको छ ।’

गएको बैशाख २७ गते जनता समाजवादी पार्टी नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा भएको मोर्चाको अवधारणा पत्रमा बहुसांस्कृतिक सहभागितामुलक समाजवादी लोकतन्त्रका विषयमा विभिन्न उपशिर्षकमा प्रष्ट पारिएको छ ।

बहुसांस्कृतिवाद, स्वायत्तता र स्वशासन, सास्कृतिक तथा जातीय अधिकार समानुपातिक प्रतिनिधित्व र स्रोत साधनको वितरण, धर्म निरपेक्ष राज्यको सुदृढीकरण र रक्षा सहभागितामुलक समाजवादी लोकतन्त्र, प्रतिस्पर्धात्मक निजी क्षेत्र. राज्य समृद्धि र लोककल्याणकारी नीति पर्यावरणीय आधुनिकता, सामुदायिक सहभागिता, लोकतान्त्रिक कर्पोटेरिजम, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलगत समानुपातिक निर्वाचन प्रणाली, वर्ग, लिङ्ग, जातिगत समानुपातिक प्रणाली लगायतको विषयमा मोर्चाको धारणा उल्लेख गरिएको छ ।

यस्तै मोर्चाको राजनीतिक कार्यनीतिमा रुपान्तरणका लागि आन्दोलन, भ्रष्टाचार विरोधी तथा नियन्त्रण र सुशासन, सम्पर्ण साझेदारीमा स्वाधिन र समृद्ध नेपाल निर्माण मानव संसाधनको विकास तथा श्रम संस्कृतिमा आधारित शिक्षा अधिकार सम्पन्न संघियता, पुँजि तथा स्रोत साधनको चुस्त र प्रभावकारी प्रयोग, कृषि क्रान्ति, रोजगारी र उद्यमशिलताको विकास, सांस्कृतिक तथ इको टुरिजमको विकास, बसाइ सराई व्यवस्थित सहरीकरण र गाउँको विकासका विषय समेटिएको छ ।

सार्वभौम राष्टिय शक्तिको निर्माण प्रक्रियामा आन्दोलनका लागि मोर्चा, नयाँ राजनीतिक शक्ति निर्माण, बृहद चुनावी मोर्चा, बलियो मोर्चाबन्दी र मोर्चाबन्दीको प्रकृतिमा समानुपातिक र प्रत्यक्ष सीट बाँडफाँड प्रस्ताविक संगठनात्मक ढाँचाको विषयमा मोर्चाको धारणा उल्लेख गरेको छ ।

अवधारणा पत्रमा के छ ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार