‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान’ राजा पुनियानीलाई दिइने


सेवारो खबर  24 पटक हेरिएको

इलाम: ‘दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१’ राजा पुनियानीलाई दिइने भएको छ ।

पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन सम्मान गरिने प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

राजा पुनियानी भारत दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक हुन । यस अघि यसअघि पुरस्कारबाट कवि तथा लेखक प्रकाश  थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बा सम्मानित भइसकेका छन् ।

राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित २०७६ सालमा

पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशि सम्मान पत्र सहित तीस हजार रहेको छ ।

बिक्रम सम्बत १९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका दिव्य बिक्रम नेम्बाङ बैरागी काइँला, ईश्वरवल्लभ र ईन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’ साहित्यिक पत्रिकाका प्रकाशक थिए । अध्ययन र निर्वासनको क्रममा लामो समय दार्जीलिङ बसेका नेम्बाङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक योगदान समेत पुर्याएका थिए ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार