किरात याक्थुङ चुम्लुङ ३६ औ स्थापना दिवस पाँच दिनसम्म मनाइने


सेवारो खबर  75 पटक हेरिएको

इलाम: किरात याक्थुङ चुम्लुङ ३६ औ स्थापना विभिन्न कार्यक्रम गर्दै ५ दिनसम्म मनाइने भएको छ । स्थापना दिवसको अवसरमा बहस, विचार बिमर्श, पुरस्कार बितरण, शुभकामना आदान प्रदान, सांस्कृतिक कार्यक्रम आयोजना गरिने किरात याक्थुङ चुम्लुङले जनाएको छ ।

लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता, मुक्मुमलुङ पवित्र स्थलमा केवलकार खारेज गर, प्रदेशको नाम खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान किरात कायम गर, भन्ने मुख्य नारा कायम गर्दै स्थापना दिवस मनाउन लागेको किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् ।

महासचिव तुम्बापोका अनुसार स्थापना दिवसका अवसरमा भदौ १३ गते सम्केलो केवाफूङ चुम्लुङ संगीत पुरस्कार वितरण, मुन्धुम स्वर्णिम साँझ १४ गते प्रदेशको नाम खारेजी तथा मुक्कुमलुङ संरक्षणको सवालमा विचार विमर्ष हुनेछ ।

भदौ १५ गते कलामा आदिवासी प्रतरोध वषयमा बहस तथा मुक्कुमलुङ नो केवलकार कला प्रदर्शिनी कार्यक्रम गर्दै १६ गते विश्वव्यापी रुपमा भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम गरिने छ ।

भदौ १७ गते चुम्लुङको स्थपना दिवस औपचारिक कार्यक्रम गर्दै सम्पन्न गरिने छ । ‌औपचारिक कार्यक्रमका दिन रत्नशोभा शुभलक्ष्मी मुन्धुम पुरस्कार वितरण कार्यक्रम हुनेछ । यसका साथै के ला:ङ, या?लाङ ये:बालाङ समेत प्रदर्शन गरिने बताइएको छ ।

निम्तो पत्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार