संखुवासभाका न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला शुरु


सेवारो खबर  91 पटक हेरिएको

इलाम: संखुलासभाका न्यायिक समितिका पदाधिकारीलाई विवाद मेलमिलाप र न्यायिक समितिको कार्य सम्पादन प्रकृया सम्बन्धि कार्यशाला इलाममा शुरु भएको छ ।

कार्यशाला आउँदो भदौ १० गतेसम्म सञ्चालन हुने आयोजक संस्था मानव अधिकार मञ्च नेपाल इलामले जानकारी गराएको छ ।

न्यायिक समितिले गर्ने विवाद व्यवस्थापनमा मेलमिलाप प्रक्रियाको विषयमा जानकारी गराइने छ । यसका साथै विवाद व्यवस्थापन गर्दा अपनाउनु पर्ने न्यायिक समितिको कार्य सम्पादन प्रक्रियाको विषयमा कार्यशालामा छलफल हुने बताइएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको आयोजना जिल्ला समन्वय समिति संखुवासभाको समन्वय र जिल्लाका सबै स्थानीय तहका सहकार्यमा कार्यशाला भएको हो ।

कार्यक्रममा संखुवासभा जिल्लाका नगरपालिका र गाउँपालिकाका न्यायिक समितिका संयोजक सदस्य र उजुरी प्रशासकको सहभागीता रहेको छ ।

मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा उद्घाटन भएको कार्यशालामा कोशी प्रदेशका अर्थ तथा योजना मन्त्री रामबहादुर रानाले गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार