यही बर्षादको विपदमा परी अहिलेसम्मा एक सय ९५ जनाको मृत्यु अहिले सम्ममा ४९ जना बेपत्ता

५ हजार ८ सय ८३ घर परिवार विस्थापित


सेवारो खबर  74 पटक हेरिएको

काठमाडौं: बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म एक सय ९५ जनाको मृत्यु भएको छ । गएको जेठ २८ यता परेको अविरल वर्षाको कारण बाडी पहिरो लगायतको विपदमा परी २ सय ४७ जना घाइते भएका छन् ।

विपद्‍का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका जनाइएको छ ।

अहिलेसम्ममा गण्डकी प्रदेशमा सबै भन्दा धेरै ५६ जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशमा ३७, बागमती प्रदेशमा ३६ कोशी प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा १५ कर्णाली प्रदेशमा १३ जनाको मृत्यू भएको छ । यस्तै काठमाण्डौ उपत्यकामा ३, मधेश प्रदेशमा ८, जनाको ज्यान गएको नेपाल प्रहरीको वेभसाइटमा उल्लेख छ ।

विपदमा परी २ सय ४७ जना घाइते भएका छन् । सबे भन्दा धेरै कर्णाली प्रदेशमा ५९, गण्डकी प्रदेशमा ४७ जना, कोशी प्रदेशमा ३८ जना सुदूरपश्‍चिम प्रदेशमा ३४ बागमती प्रदेशमा २७ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ । यस्तै लुम्बिनी प्रदेशमा १९, मधेश प्रदेशमा १२, काठमाडौं उपत्यकामा ११ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको बताइएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ४१ जना बेपत्ता छन् । कोशी र गण्डकी प्रदेशमा २/२ जना बेपत्ता छन् भने मधेश, लुम्बिनी र सुदूरपञ्चिममा १/१ जना बेपत्ता भएको जनाइएको छ ।

विपदमा परेका २ सय १० जनाको उद्दार गरिएको छ । सुदूरपश्‍चिम प्रदेशमा १ सय एक, कोशी प्रदेशमा ४९, काठमाडौं उपत्यकामा २८, गण्डकी प्रदेशमा १४, बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा २ जनाको उद्दार गरिएको उल्लेख छ ।

बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ४२ वटा घर, १ सय २१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

९ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार