‘नागरिकमैत्री न्याय सम्पादन आवश्यक छ’-सांसद बस्नेत


सेवारो खबर  71 पटक हेरिएको

इलाम: संघीय निर्वाचन क्षेत्र इलाम १ का सांसद महेश सस्नेतले नागरिकमैत्री न्याय सम्पादन आवश्यक रहेको बताए । उनले संखुवासभाका न्यायिक समितिका पदाधिकारीको न्यायिक कार्य सम्पादन सम्बन्धि कार्यशालामा आइतबार बोल्दै नागरिकलाई सर्वसुलभ न्याय दिनेमा ध्यान दिनुपर्नेमा जोड दिए ।

न्यायिक समितिले काम गर्दा न्यायिक मनले काम गर्न आग्रह गर्दै आम नागरिकलाई न्यायिक कार्य सम्पादनको बारेमा जानकारी हुन आवश्यक छ सांसद बसन्तले  भने – न्यायिक समितिको बारेमा जानकारी नभएकै कारणले समिति प्रति नागरिकको अनास्था बढ्दै गएको छ ।’

मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यशालामा समाजको विपन्न गरीब असहाय समुदायलाई ध्यानमा राखेर न्याय सम्पादन गर्नु पर्यो आफ्नो कुरा राख्दै सांसद बस्नेतले भने न्यायिक समितिमा कार्यपालिकाको छाया पर्नु हुदैन । न्यायिक कार्य सम्पादनमा सहकार्य हुन आवश्यक छ ।’

स्थानीय सरकारको सबै अंगले समाज ढंगले काम गर्नुपर्छ सासद बस्नेतले भने-  ‘स्थानीय तहमा अझैपनि प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष बीचमा टसल छ । बजेट विनियोजनमा न्यायिक समितिलाई पनि प्राथमिकता दिनुपर्छ । दलका प्रतिनीधि भएर पदमा बसेकाले स्वार्थभन्दा बाहिर रहेर न्याय सम्पादन गर्नु पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार