पत्रकार महासंघ इलाम शाखाको स्मारिका ‘इलाम’ विमोचन, वेबसाइट सार्वजनिक


सेवारो खबर  150 पटक हेरिएको

इलाम : पत्रकार महासंघ इलाम शाखाले स्मारिका ‘इलाम’ विमोचन गरिएको छ ।

जिल्लाको पत्रकारितासँग जिल्लाको इतिहास समेटेर तयार परेको स्मारिका मंगलबार विमोचन गरेको हो ।

स्मारिका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर लगायतका आमन्त्रित अतिथिहरुले विमोचन गरे ।

२ सय ६२ पृष्ठको स्मारिका तीन खण्डमा विभाजन गरिएको छ । स्मारिकाममा ४६ जना लेखकहको विचार समेटिएको छ ।

‘स्मारिका प्रकाशनमा ल्याएर हामीले इलामको पत्रकारिताको इतिहास खोज्ने कार्य प्रारम्भ गरेका महासंघका अध्यक्ष विप्लव भट्टराईले बताए । उनले विमोचन समारोहमा ‘स्मारिका पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी दस्तावेज भएको बताउँदै, भने- ‘स्मारिकामा समावेश भएका विषयहरु थप खोजी गर्न सकिने खालका छन् ।’

स्मारिकामा इलामको पत्रकारिताको इतिहास, वर्तमान अवस्था, समस्या, सम्भावना, चुनौतीका साथै जिल्ला र विभिन्न पालिकाहरुको परिचय समेटिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

पुस्तकमा खण्ड-१ मा पत्रकारितासँग सम्बन्धि आलेख ३० वटा, खण्ड-२ मा इलामसँग सम्बन्धित १६ वटा आलेख र खण्ड-३ मा इलामका १० वटा पालिकाको परिचय समेटिएको छ ।

नेपाल पत्रकार महासंघ इलामले पहिलो पटक स्मारिका प्रकाशन गरेको हो । महासंघले पहिलो चरणमा पाँच सय प्रति पुस्तक प्रकाशन गरेको बताइएको छ ।

विमोचन कार्यक्रमकै अवसर पत्रकार महासंघ इलाम शाखाको आधिकारिक वेबसाईट www.fnjilam.org समेत सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार