इलाम : आवधिक योजना निर्माण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम इलाममा सम्पन्न भएको छ ।
सहजकर्ता उत्पादन गर्न मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको हो ।
तालिममा स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार आवधिक योजना निर्माणका विषय बस्तुका बारेमा जानकारी गराइएको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।
प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्णबहादुर नेपालीले सहजिकरण गरेको तालिममा योजनाको अवधारणा आवश्यकतासँगै स्थानीय तहको योजना तर्जुमा सम्बन्धि संवैधानिक नीतिगत र कानुनी व्यवस्थाको विषयमा छलफल गराइएको थियो ।
योजना तर्जुमा गर्दा ध्यान दिनु पर्ने आधार, स्थानीय तहले तर्जुमा गर्नु पर्ने योजना बीचको अन्तर सम्बन्ध, दीगो विकास लक्ष्यको मानव अधिकार सम्मत स्थानीय विकास योजनाका बारेमा जानकारी गराइएको बताइएको छ ।