काठमाडौं: ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ घर फर्किएका छन् । उनलाई चुमनुव्री गाउँपालिकाका पदाधिकारी स्थानीय प्रहरी चौकी र अगुवाहरुले विदाई गरेका हुन ।
विदाईका क्रममा साहू टासी लामाले पारिश्रमिक स्वरुप १० लाख दिने भएका छन् । चुमनुव्री गाउँपालिकाले थप १लाख दिने बताइएको छ ।
प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख जम्मा गरी दिने प्रतिबद्धता सहित बिदाई गरिएको छ ।
काठमाडौंबाट हराएर ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको चुम भ्यालीमा भेटिएका प्रकाश तामाङ्ग ‘काले’ लाई साहू लगायतले खादा लगाएर बिदाई गरेका थिए ।
बिधा चापागाइको ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् पारिवारिक मिलनमा पुगेका प्रकाशलाई चुमभ्यालीबाट भोजपुरका लागि जनप्रतिनिधि, साहू लगायतले खादा लगाएर बिदाई गरेका हुन ।
पारिवारिक मिलनमा पुगेर दशैंमा फेरि फर्किने वाचासहित पोहोर प्रकाश चुमभ्याली फर्किएका थिए ।
प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।
एक वर्षअघि ‘हेर्ने कथा’को हराएका वर्षहरूमा प्रकाश तामाङ घर पुगेका थिए भने फेरि फर्किएका थिए । पछि फेरि दशैँ तिहार मान्न भोजपुर गएर गोरखाकै चुमभ्याली गएका थिए ।@avenues.tvबाट ।