कियाचुको ३६ औं स्थापना दिवस मनाउन शुरु, पहिलो दिन पुरस्कार वितरण


सेवारो खबर  72 पटक हेरिएको

इलाम:किरात याक्थुङ चुम्लुङको ३६ ‌औं स्थापना दिवस बिहिबारदेखि मनाउन शुरु भएको छ । पाँच दिनसम्म दिवस मनाउँन घोषणा गरेको पहिलो दिन तीन स्रष्टालाई सम्मान तथा पुरस्गकार वितरण गरिएको छ ।

स्थापना दिवसको पहिलो दिनको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख आतिथ्यतामा कियाचु साम्केलो केवाफुङ्वा चुम्लुङ पुरस्कार वितरण भएको छ ।

मुन्धुम स्वार्णिम साँझ पहिलो वर्षको पुरस्कार याक्थुङ लिम्बू भाषाको गायन तर्फ भगत सुब्बा, संगीत तर्फ यासेली योहाङ र शब्द संङ्कल तर्फ प्रेम पन्धाकलाई पुरस्कृत गरिएको जनाइएको छ ।

उनिहरुलाई प्रमाण पत्र सहित नगद २५ हजारका दरले सम्मान गरिएको किरात याक्थुङ चुम्लुङले जनाएको छ ।

पुरस्कार वितरणसँगै मुन्धुम स्वार्णिम साँझ सम्पन्न भएको छ । यसै अवसरमा छैटौ मुन्धुम स्वार्णिम साँझ, मुकुम्लुङ्मा नोकेबलकार आर्ट प्रदर्सनी पुस्तक विक्रीको लगायतको कार्यक्रम भएको छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार