झापा: दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार भारत दार्जिलिङ सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई दिइएको छ ।
झापाको बिर्तामोडमा शुक्रबार पुनियानीलाई सम्मान पत्र सहित नगद तीस हजार पुरस्कार हस्तान्तरण गरिएको थियो । पुरस्कृत व्यक्तित्वका बारेमा प्राध्यापक अस्मिता बिष्टले पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन् ।
पुरस्कृत पुनियानीले भने नेपाली भाषा साहित्यको क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको विश्वास दिलाए ।
दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानका नन्दहाङ नेम्बाङको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा राजनीतिज्ञ दिव्यविक्रम नेम्बाङको चर्चा समेत गरे ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण बरालले दिव्य विक्रम नेम्बाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्याउने बताए ।
दिव्यविक्रम नेम्बाङको योगदानलाई साहित्यकार प्रकाश थाम्सुहाङले नेपाली भाषा शिक्षा प्रतिको सेवाको रुपमा व्याख्या गरे ।
कार्यक्रमलाई स्वागत गर्दै कवि सुन्दर कुरूपले नेम्बाङ लोकतान्त्रिक योद्धा र साहित्यकार दुबे भएको उल्लेख गरे ।
कार्यक्रममा कवि चन्द्र गुरुङ, प्रदिप मेन्याङ्बो, लिला अनमोल, सुनिता तामाङ अभागी थेगुवा, अमित थेबे, राजकुमार सुब्बा, सेलिङ केसी लगायतले सिर्जना सुनाएका थिए ।