१७ औं पुस्तकालय दिवसका अवसरमा इलाममा वादविवाद प्रतियोगिता सम्पन्न


सरिता राई  104 पटक हेरिएको

इलाम: अमेरिकन कर्नर इलामले १७ औं पुस्तकालय दिवस शनिबार इलाममा बादविवाद प्रतियोगिता सञ्चालन गर्दै मनाएको छ ।

पुस्तकालयमा पठन संस्कृतिको विकास गर्न ‘अनलाइन किताब भन्दा प्रत्यक्ष किताब’ भन्ने शिर्षकमा  प्रतियोगिता सञ्चालन गर्दै दिवस मनाएको हो ।

प्रतियोगितामा नेपालटार माध्यमिक विद्यालयकी जुनिता तामाङ प्रथम, हेरिटेज नेशनल एकाडेमीका सन्देश तामाङ द्वितिय, मन्टेश्वरी सेकेन्डरी स्कुलकी आइशा पोखरेल तृतीय भएका छन् ।

यस्तै अमर माध्यमिक विद्यालयकी आयूसा घिमिरे, प्रज्ञा सदनकी युविना गड्तौला र नन्द माध्यमिक विद्यालयकी  मनिसा पाख्रिन बिले सान्तवना स्थान हासिल गरे ।

बादविवादमा प्रतियोगितामा प्रथम, द्वतियय, तृतीय तथा सन्तवना ३ जनालाई  क्रमश ५ हजार ३ हजार २ हजार र एक हजार नगद पुरस्कार सहित प्रमाण पत्र तथा डायरी दिएर पुरस्कृत गरिएको थियो ।

इलाम नगरपालिकाका प्रमुख केदार थापा प्रमुख अतिथी रहेको कार्यक्रममा अन्य प्रतियोगीलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो ।

उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिका १४ सामुदायिक तथा संस्थागत बिद्यालयका २७ जना छात्र/छात्रा सहभागी भई पक्ष र विपक्षमा आफ्ना तर्कहरु राखेका थिए ।

निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मुला नाराका साथ मनाइएको कार्यक्रममा विद्यालय स्तरमा पुस्तकालयको प्रभाव घटेको सहभागिले बताए ।

कर्नरले २०६८ देखि हरेक बर्ष दिवस मनाउँदै आएको छ । विद्यार्थीहरुमा पढ्ने बानीको विकास र पुस्तकालय संस्कृति प्रवर्धन गर्दै वालवालिकामा तार्किक क्षमता बढाउने उद्येश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार