इलाम: किरात याक्थुङ चुम्लुङ इलामले सोमबार तीन वटा छात्रवृत्ति वितरण गर्दै ३६ औं स्थापना दिवस मनाएको छ ।
कियाचु इलामको अध्यक्ष बुद्दमाया सोङ्मी अध्यक्षतामा भएको कार्यक्रममा तीन वटा छुट्टाछुट्टै विषयको ४ जनालाई छात्रबृत्ति वितरण गरेको छ ।
छात्रबृत्ति कियाचु केन्द्रीय सल्लाहकार मोहनसिह थेबेको प्रमुख अतिथी र इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले बितरण गरेका थिए ।
जेहेन्दार दुई जनलाई छात्रबृत्ति जनता माध्यमिक विद्यालय चुलाचुलीका १ इलामका कक्षा ९ का छात्र सुनिल लावती र माइजोगमाई ५ प्याङ माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा मौसमी सोङ्मीलाई प्रमाण पत्र सहित जनही ५/५ हजार दिइएको चुम्लुङ इलामका सचिव रामकुमार लिम्बुले जानकारी गराए ।
किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोष छात्रबृत्ति सरस्वति माध्यमिक विद्यालय माङसेबुङ ५ इलामका लिहाङ माबोहाङ लिम्बुलाई प्रमाण पत्र सहित १० हजार नगद दिइएको छ । माबोहाङलाई लगातार पाँच वर्ष सो पुरस्कार दिइने चुम्लुङले जनाएको छ ।
स्वर्गिय देविबहादुर आङबुहाङ स्मृति छात्रबृत्ति इलान नगरपालिका ५ अमर माध्यमिक विद्यालय कक्षा ११का सेसेहाङ लिम्बुलाई नगद १० हजार प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इलामका उपाध्यक्ष भक्त थामी, इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठ, प्रमुख अतिथी मोहनसिंह थेबेले बोलेको कार्यक्रममा पाध्यक्ष पदम ताम्लिङले स्वाग गरेका थिए ।
स्थापना दिवसको अवसरमा चुम्लुङ हिम निर्माण गर्न आर्थिक संकलन अभियान शुभाराम्भ गरेको छ । चुम्लुङ हिम निर्माण आर्थिक संकलन तथा जग्गा व्यवस्थापन समिति समेत गठन गरेको जनाइएको छ । समितिमा अध्यक्ष बुद्दमाया सोङ्मी, उपाध्यक्ष पदम ताम्लिङ, सचिव राम योहहाङ, सह सचिव याम माबोहाङ र कोषाध्यक्ष निर्मला चेम्जोङ रहेका छन् ।
यसै अवसरमा यालाङ केलाङ समेत भइरहेको छ ।