कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ अडिसन राउन्ड शुरु हुँदै


सेवारो खबर  46 पटक हेरिएको

उदयपुर: कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ अडिसन राउन्ड आइतबारदेखि शुरु हुदैछ ।

उदयपुर सदरमुकाम गाईघाटको भाइरस डान्स क्याम्पको आयोजनामा आइतबार आइतबार उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट सुरु हुने आयोजकले जनाएको छ ।

अडिसन राउण्ड अन्तर्गत भदौ १७ गते सुनसरीको धरान र इटहरी सोही दिन मोरङको विराटनगर, भदौ २० गते मोरङ जिल्लाकै बेलबारी र उर्लाबारी, भदौ २२ गते झापाको बिर्तामोड र काँकडभिट्टा, भदौ २३ गते इलामको फिदिम र फिक्कल, भदौ २३ गते खोटाङको दिक्तेलमा हुने जनाइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार भदौ २७ गते उदयपुरको कटारी, २९ गते नेपालटार र मुर्कुची, भदौ ३१ गते सदरमुकाम गाईघाटमा र असोज १ गते चौदण्डीगढी नगरपालिकाको बेल्टारमा अडिसन राउण्ड हुनेछ ।

प्रतियोगिताको मेघा, ग्राण्ड, सेमी र फाइनल अडिसन भने उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा हुनेछ । मेघा अडिसन असोज  ५ गते, ग्राण्ड अडिसन असोज १२ गते, सेमी अडिसन असोज १९ गते र प्रतियोगिताको फाइनल असोज २३ गते हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगीले १ लाख ११ हजार एक सय एघार, दोस्रो हुनेले ५५ हजार पाँच सय पचपन्न, तृतीय हुनेले ३३ हजार ३ सय तेत्तीस र सान्त्वना पुरस्कार ९ हजार ९ सय ९९ रुपैयाँ रहेको भाइरस डान्स क्याम्पका अध्यक्ष कल्याण कार्कीले जानकारी दिए ।

प्रदेश स्तरीय नृत्य प्रतियोगितामा करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताले कोशी प्रदेशको सांस्कृतिक सम्पदालाई उजागर गर्नुका साथै स्थानीय कलाकारहरूको प्रोत्साहन हुने प्रतियोगिता आयोजक समितिका सल्लाहाकार एवम् नृत्य निर्देशक प्रेम जंग किराँतीले बताए ।@onlineradionepal बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार