इलाममा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान


सेवारो खबर  68 पटक हेरिएको

इलाम: इलाम बजारमा चाडपर्व लक्षित विशेष प्रहरी कारबाही अभियान शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामले सोमबार जारी गरेको सार्वजनिक सूचनामा कारबाही अभियानलाई प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आम सर्वसाधारसँग अनुरोध समेत गरेको छ ।

‘सामाजिक अपराध र विकृति विरुद्द गतिविधीहरु भए गरेको देखेमा वा थाहा पाएमा प्रहरीमा समयमै सूचना उपलब्ध गराई सचेत, सभ्य र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछौ सार्वजनिक सूचनाममा भनिएको छ ।’

सभ्य शान्त र सुरक्षित इलाम बजार कायम गर्न बजार आसपासका क्षेत्रमा लागु औषध तथा मादक पदार्थ सेवन गरी रातको समयमा अशान्ति मच्चाउँने । माया प्रेमको बहानामा युवायुवती रातको समयमा सार्वजनिक स्थलमा बसी सामाजिक मर्यदा र आचरण विपरित गितविधीमा संलग्न रहेको देखिएको हुँदा यस्ता गतिविधीलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले अभियान शुरु गरेको कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक मानबहादुर राईले हस्ताक्षर गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ -‘प्रहरी पोशाक तथा सादा पोशाकमा भदौ ११ गतेदेखि प्रहरी परिचालन गरिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई तत्कालै स्कृनिङ गरिने, अविभावकको जिम्मा लगाइने प्रहरी काउन्सिलीङमा राख्ने वा कानुन बमीजिम कारबाही समेत गरिने व्यहोरा अवगत गराउन चाहन्छौ ।’

प्रहरीको सार्वजनिक सूचना :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार