‘मुक्कुमलुङ (पाथीभरा)मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज हुनुपर्छ’


सेवारो खबर  72 पटक हेरिएको

इलाम: किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणको काम अबिलम्ब रोकेर खारेज गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

उनले चुम्लुङको ३६ औं स्थापना दिवसका अवसरमा आयोजित मुल समारोह काठमाण्डौमा बोल्दै कुनै पनि हालतमा मुक्कुमलुङमा केबुलकार बनाउँन नदिने अडान दोहोर्याए ।

मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार स्थापना गरेर स्थानीयवासी माथि भावनात्मक व्यापार गर्न खोजिएको अध्यक्ष प्रेम येक्तेनले सरकारलाई आरोप लगाउँदै येक्तेनले भने-‘केबुलकार बनाउँन नदिने भन्ने होइन । तर मुन्धुमीस्थल अतिक्रमण गर्नु हँदैन । मुन्धुमीस्थललाई नाफा नोक्सानको हिसाबमा व्यापार गरेर स्थानीवासी तथा दर्शनार्थीको भावना माथि खेलबाड गर्नु हुँदैन । यसको सशक्त प्रतिकार र विधरोमा छौं । कुनै पनि हालतमा केबुलकार बनाउन दिदैनौं ।’

प्रदेश नम्बर एक पुन नामाङ्कन संयुक्त संघर्ष समिति, आदिवासी जनजाति महासंघ यसका आबद्ध संघ संस्था किरातजन्य संगठन केबुलकार बनाउन नदिने पक्षमा रहेको बताउदै केही किनिएका, अस्तित्वलाई बिक्री गरेर खान पल्केका बंश गद्दारहरु आफन्त भिड्न आउँछ भने भिड्न तयार छौ भन्दै येक्तेनले भने – ‘मुक्कुमलुङ लिम्बुहरुको पवित्र धार्मिक स्थल हो । सांस्कृतिक स्थल हो यो सांस्कृतिक स्थललाई अतिक्रमण राज्यले गर्नु हुँदैन भन्ने अन्तराष्ट्रीय कानुनहरुको मान्यताले प्रदान गरेको आएएलओ १६९, अनड्रीप, एफपीक लगायतका कानुनी मान्यतामा बनेको नेपालको संविधान त्यस अन्तगर्त कानुनी मान्यताका आधारमा संरक्षण गर्ने स्वामित्व ग्रहण गर्ने । त्यसलाई संरक्षण गर्ने त्यहाँका लिम्बूहरु समेतको आदिवासीसँग छ । उनिहरुको अनुमति बिना कुनै पनि काम हुन सक्दैन । भन्ने अन्तराष्ट्रीय रुपमा स्थापित मान्यता हुँदाहँदै पनि त्यसको विरुद्धमा अहिले भ्रष्टचारी सरकारका नाइने नेकपा एमाले र नेपाली कांग्रेका त्यसका समर्थक साथीले अनुमति दिएको केबुलकार निर्माताले अहिले माटो नाप्ने गलत काममा लागेको छ । यदि यो काम शुरु भएको हो भने प्रदेश एकमा अर्को चरणको सशक्त आन्दोलन घोषणा हुनेछ ।’

इतिहास सभ्यतासँग सम्बन्धित पहिचानको नामलाई जातिय भनेर भ्रम फैलाउने पञ्चायती शासन पुन स्थापना गर्न लागेको भन्दै पहिचानको आधारमा प्रदेश एकको पुन नामाकरण गर्न माग गर्दै अध्यक्ष येक्तेनले भने-‘हामी नागरिकलाई अशान्ति आन्दोलित बनाउँनु । सामाजकि सांस्कृतिक अतिक्रमणको मुल्य महंङ्गो हुनेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार