मुक्कुमलुङ (पाथीभरा)छोड आन्दोलनको घोषणा


सेवारो खबर  145 पटक हेरिएको

इलाम: मुक्कुमलुङ (पाथीभरा) धार्मिक पवित्र स्थलमा केबुलकार निर्माण गर्न नुहँने भन्दै विरोध गर्दै आएका विभिन्न संस्थाले मुक्कुमलुङ छोड आन्दोलनको घोषणा गरेका छन् ।

उनिहरुले संयुक्त विज्ञप्ती जारी गर्दै आउँदो भदौ २३ गते भित्रमा केबुलकार निर्माण कम्पनीको कार्यालय बन्द गर्न समय सीमा तोकेका छन् ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति संयोजक श्रीप्रसाद लिम्बु, पाथीभरा केबुलकार खारेजी संयुक्त संघर्ष समिति संयोजक खगेन्द्र फेम्बू, किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष तथा प्रदेश नम्बर १ प्रदेश पुन नामाङक्न संयुक्त संघर्ष समिति संयोजक प्रेम येक्तेन, लिम्बु थरगत संस्था याक्थुङ सयङ सहजिकरण समूह संयोजक नन्द कन्दङ्वा, प्रदेश नम्बर १ प्रदेश पुन नामाङक्न अभियान समिति संयोजक रामभक्त कुरुम्बाङ, मुक्कुमलुङ ताङसेप चुम्भो प्रतिनिधी सरस्वात सिङगकले हस्ताक्षर गरेको विज्ञप्तीमा केबुलकार निर्माण लाइसेन्स खारेज नभएसम्म फूङलिङ बजारदेखि काफ्लेपाटीसम्म अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको छ ।

मुक्कुमलुङ अतिक्रमण हुन नदिन र केबुलकार निर्माणका गतिविधीका सम्बन्धमा गएको जेठ ५ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लका राजनीतिक दलहरुको परामर्श र छलफल सहमती नभई निर्माण कार्य नगर्ने नगराउने भन्ने सम्झौतालाई उल्लंघन गरेर सरकारी र व्यापारी समूहबाट बलमिच्याई गरेर जनपद र शसस्त्र प्रहरी लगाएर न्यायका लागि लड्नेहरुलाई जबरजस्ती पक्रेर हिरासतमा राखी पवित्र आस्थाको स्थलमा केबुकार बनाउन दलबल सहित गएको हुँदा सरकारले केबुलकार निर्माण लाइसेन्स खारेज नगरेसम्म मुक्कुलुङ छोड आन्दोलन घोषणा गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती:

अन्तर धार्मिक शान्ति महासंघको ध्यानाकर्षण

अन्तर धार्मिक शान्ति महासंघ नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङ क्षेत्रमा जबरजस्ती केबुलकार बनाउन खोजिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा गएको जेठ ५ गते भएको सहमती विपरित सम्झौतालाई उल्लंघन गरी किरात आस्थामा विश्वास गर्ने धर्मावलम्बीहरु धरपकड गरी हिरासतमा राखी बलजफ्ती केबुलकार बनाउँन खीजिएको जनाएको छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार