नक्कली सूचना बनाई बुधबार(आज)विदा भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ


सेवारो खबर  58 पटक हेरिएको

काठमाडौँ: गृह मन्त्रालयको नक्कली सूचना बनाई भ्रम फैलाउने व्यक्ति नियन्त्रणमा लिइएको बताइएको छ । गृह मन्त्रालयको लेटर हेडमा बुधवार(आज) बिदा भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने व्यक्तिलाई साइबर ब्युरोले नियन्त्रणमा लिएको गृह स्रोतले जानकारी दिएको छ ।

प्रहरी अधिकारीका अनुशार विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद हुने गरी आजै मुद्धा दायर गर्ने तयारी रहेको छ ।

कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सार्वजनिक सूचना प्रवाह गरेसँगै बिहानभरि पत्र भाइरल भएको थियो । जसका कारण सरकारी कर्मचारीहरूमा कन्फ्युजन पैदा गरेको थियो ।

‘आज भाद्र १९ गते सार्वजनिक बिदा भनी सामाजिक सञ्जालमा मिथ्या सूचना सम्प्रेषण भएको पाइको छ । आज कुनै सार्वजनिक बिदा नभएको ब्यहोरा सबैमा जानकारी गराइन्छ’ गृह मन्त्रालयले भनेको छ ‘गृह मन्त्रालयले विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिलाई कानुनी कारवाहीका लागि नेपाल प्रहरीको साइवर ब्युरोले काम सुरु गरिसकेको ब्यहोरा समेत जानकारी गराइन्छ।’

पछिल्लो समय साइबर ब्युरो सक्रिय र प्रभावकारी देखिएको छ ।@www.prasashan.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार