इलाम: मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सचेत हुनुपर्ने पशुपतिनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
“मानववेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवसको” अवसरमा जिल्ला प्रशासन कार्यालय इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै मानव बेचबिखनबाट बच्न व्यक्ति स्वयं सजग हुनु पर्नेमा जोड दिए ।
सूर्योदय नगरपालिका, माइती नेपाल र शक्ति समूहको व्यवस्थापनमा ‘मानव बेचबिखन तथा ओसारपोसारको स्वरुप परिवर्तनको न्यूनिकरणका लागि सरोकारवालाको भूमिका’ विषायक अन्तक्रियामा बोल्दै मानव ओसारपोसार न्यूनिकरणमा सरोकारवालाले एकजुट भएर काम गर्नपर्ने औल्याए ।
‘तीनै सरकारको प्रतिबद्धता मानव बेचबिखन बिरुद्ध ऐक्यबद्धता’ भन्ने नारालाई सार्थक बनाउन सरकारको समन्वयमा मानव बेचबिखन तथा ओसारपोसारको विषयमा आम नागरिकलाई सुसुचित गराउने कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरेका छन् ।
इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु दाहालले मानव बेचबिखन जस्ता जघन्य अपराप न्यूनिकरणमा सरोकारवाला सबैले मिलेर काम गर्नुपर्ने बताइन् । उनले बेचबिखबाट बच्न व्यक्ति स्वयं सचेत हुन सकेमा यसबाट बच्न सजिलो हुनेमा जोड दिइन् ।
पछिल्ले समयमा मानव बेचबिखनका स्वरुप फेरिदै गएकोले व्यक्ति स्वयं सचेत भए मात्र बच्न सकिने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले मानव बेचबिखनबाट बच्न र बचाउन आम नागरिकले काम गर्नु पर्नेमा जोड दिइन् ।
मानव बेचबिखनका विषयमा स्थानीय सरकारले समेत काम गर्नु पर्ने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेचबिखन हुन सक्ने विषयलाई ध्यानमा राखेर गर्ने सरकारको कामलाई आम सर्वसाधारण नागरिकले सहयोग र समन्वय गर्न आग्रह समेत गरिन् ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक प्रभु ढकालले मानव बेचबिखनबाट जोगिन व्यक्ति आफै सचेत हुनुपर्ने बताए । उनले बिभिन्न बहानामा बेचबिखनका स्वरुप फेरिदै गएकाले रोजगारीका सिलसिलामा सीमा पारी जानु पर्दा बुझेर मात्र जान आग्रह समेत गरे ।
जिल्लामा ६ वटा मोटरेबलबाटो भएको नेपाल भारतको खुल्ला सीमाका कारण दलालको प्रलोभनमा परी जिल्ला तथा बाहिरी जिल्लाबाट मानव ओसारपोसार हुने संवेदनसिल क्षेत्रमा सबै खालका सरोकारवालाले काम गर्नुपर्नेमा जोड दिदै प्रहरी उपरिक्षक ढकालले बेचबिखन हुन नदिन प्रहरी निगरानीमा कमी हुन नदिएको जानकारी गराए ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता जसबहादुर लुङ्गेलीले मानव बेचबिखनका विषयमा कानुनी जानकारी गराउँदै यस विषयमा सचेत हुनुपर्नेमा जोड दिए । उनले कानुनी प्रावधानसँग व्यक्ति आफै बेचबिखनबाट जोगिन आवश्यक जानकारी लिएर मात्र रोजगारका क्षेत्र निर्धारण गर्न आग्रह गरे ।
माइती नेपाल पशुपतिनगरका होम ढकालले बेचबिखनको समस्या समाधानमा सरोकारवाला सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले बेचबिखनबाट बच्न व्यक्तिले सजग भएर यस विषयमा पर्याप्त जानकारी लिन आग्रह समेत गरे ।
सूर्योदय नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिक बम्जनले नेपाल भारतको सीमा नाका समेत परेकोले वडाको विभिन्न कामसँग सामाजिक संघ संस्था, स्थानीयवासी माइती नेपाल, सीमा प्रहरीसँग मिलेर मानव बेचबिखनसँग विभिन्न खालका अपराधको निगरानी र न्यूनिकरणमा वडा कार्यालय संवेदनशिल रहेको बताए ।
कार्यपालिका सदस्य, राजनीति नेतृत्व, शिक्षक विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनीधि, सर्वसाधारण र भारतीय क्षेत्र सीमाका प्रतिनीधिको उपस्थीति रहेको कार्यक्रममा बरिष्ठ अधबक्ता जसबहदुर लुङ्गेलीले कानुनका विषयमा जानकारी गराएका थिए । यस्तै जिल्लाको मानव बेचबिखन तथा ओसारपोसारको अवस्थाको बारेमा माइती नेपालका होम ढकालले जानकारी गराए ।
सूर्योदय नगरपालिका शिक्षा शाखाकी प्रमुख तारा सेर्पाले स्वागत गरेको कार्यक्रममा प्रहरी उपरिक्षक प्रभु ढकालले मानव बेचबिखन तथा सरक्षाका आवश्यक व्यवस्थापनका बारेमा जानकारी गराए ।