ताप्लेजुङ: मुक्कुमलुङ (पाथीभरा) मा केबुलकार निर्माणमा अवरोध नगर्न आइतबार ताप्लेजुङको फूङलिङ बजारमा शान्तिपूर्ण मोटरसाइकल र्याली निकालिएको छ ।
केवलकार निमार्णलाई तत्काल सुचारु गर्न माग सहित निकालिएको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरेको जनाइएको छ ।
फुङ्लिङ बजारको नयाँ बसपार्कमा भेला भई हेलिप्याट गेटबाट शुरु भएको र्यालीले बजार परिक्रमा गर्दै सुकेटार पुगेको र्याली फुङ्लिङ बाजारको बिरेन्द्र चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा फुङलिङ प्रमुख अमिर मादेनले कुनै पनि विकास निर्माणका काममा अवरोध गर्न नहुने बताए । उनले सबै नेपालीको पहिचान पाथिभरा मन्दिरलाई केबलकार खारेजी पक्षले कठपुतलि बनाउन खोजेको भन्दै यसमा कसैले पनि सहयोग नगर्न आग्रह गरे ।
केबुलकार निर्माण प्रदेशकै विकास भएकोले केबलकार बन्न आवश्यक रहेको छ भन्दै मादेनले विकास सबैको भबिष्य भएकाले अवरोध नगर्न आग्रह गरे ।
केबलकार निमार्ण सुरु भएको र भोलि सोमबर प्राविधिक सहितको टोलि निमार्ण स्थलमा गएर काम सुरु गर्ने बताईएको छ ।
सुरक्षा र काम सुचारु गर्ने लगायतका काम गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको नगरप्रमुख मादेनले जानकारी गराए । कोण सभामा पदम चेम्जोङ, मिना गुरुङ लगायतले बोलेका थिए ।
र्यालीले विकास युवा ,व्याबसायी, राजनीतिकर्मी विभिन्न कार्यालयका प्रमुखको समेत सहभागिता रहेको बताइएको छ ।
।
पाथीभरा दर्शन केवलकार प्रालिले पाथीभरा क्षेत्रमा केवलकार निर्माणका अनुमति पाईसकेको छ ।
केवलकार निर्माणले धार्मिक तथा वातारणीय अतिक्रमण हुने भन्दै पहिचान पक्षधरहरुले केबुलकारको विरोध गदै आईरहेका छन् ।
मुक्कुमलुङ छोड आन्दोलनको घोषणा गरेर काठमाण्डौको चन्द्रगिरी हिल्स लिमिटेडलाई ७ दिन भित्र मुक्कुमलुङ (पाथीभरा) छोड्न आग्रह गरेका छन् ।