कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले शुरु गरे आमरण अनशन


सेवारो खबर  50 पटक हेरिएको

विराटनगर: कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिर अगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् ।

कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै उनले अनशन सुरु गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार स्थनीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम निषेधाज्ञा जारी गरेपनि कार्कीले त्यहि क्षेत्रमा अनसन बसेका हुन् ।@ourbiratnagar.netबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार