मरब क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न


सेवारो खबर  62 पटक हेरिएको

इलाम: महेन्द्र बहुमुखी क्याम्पस इलाममा बुधबार लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलाम तथा जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षता प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले कार्यक्रमको विषयमा प्रकाश पार्दै लागुऔषध सम्बन्धी सचेतना सम्बन्धि जानकारी गराए ।

वडाअध्यक्ष नरेश श्रेष्ठ, क्याम्पस प्रमुख गंगाराम पौडेलले लागुऔषध नियन्त्रण सम्बन्धी आफ्ना मनतब्य राखेका थिए ।

लागुऔषध नियन्त्रण सम्बन्धी जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामले तयार पारेको लागुऔषध नियन्त्रण सम्बन्धी विशेष तीन महिने कार्ययोजना तथा लागुऔषध विरुद्ध आमाहरु अभियानलाई निरन्तरता दिदै कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार