मुक्कुमलुङ छोड भन्दै, मुन्धुमी मुक्कुमलुङमा आदविासी कला प्रतरिोध प्रदर्शन


सेवारो खबर  109 पटक हेरिएको

इलामः ताप्लेजुङको फुङलिङ बजारमा बुधाबार मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन भएको छ ।

मुक्कुमलुङ संयुक्त संघर्ष समिति मुक्कुमलुङ केबुलकार खारेजी संघर्ष समितिको आयोजनामा ’’मुन्धुमी मुक्कुमलुङमा आदिवासी कला प्रतिरोध प्रदर्शन भएको हो ।

विभिन्न क्षेत्रबाट ताप्लेजुङ पुगेका कलाकारहरुले मुक्कुम्लुङ(पाथीभरा)मा केबुलकार बन्न नहुने पक्षमा निमाणर्को खारेजी सम्बन्धि विभिन्न चित्रकला प्रदर्शन गरेका थिए ।

कलाकारहरुले पाथीभरामा केवलकार बनाउन नहुने, प्रकृतिको बिनास गर्न नहुने, रुख कटान गर्न नहुने सहितका चित्र प्रस्तुत गरे ।प्रदर्शनमा किराँत याक्थुङ चुम्लुङको अगुवाईमा आउनु भएका कलाकर्मीहरु सुवास तामाङ, सपना नेपाली, मनरा प्रजापति, दिक्षा राई, सोनाम चाम्लिङ, पुनम लिम्बू,अनुसन्धान तथा नागरिक अभियान्ता गोविन्द छन्त्याल, निरन्ती तुम्बापो, कैलाई राईको सहभागिता रहेको थियो ।

प्रर्दशनकारीले ‘केवलकार चाँहिदैन, मुन्धुमी स्थल अतिक्रमण गर्न पाँइदैन, गो ब्याक केवलकार सहितका नारा लगाएका थिए । प्रर्दशनका क्रममा पहिचान पक्षधरहरु नेताहरुको समेत सहभागिता रहेको थियो ।

प्रदर्शनपछि वीरेन्द्र चौकमा भएको कोणसभालाई सङ्घर्ष समितिका पदाधिकारी, पहिचानवादी नेतृत्व लगायतले सम्बोधन गरे । उनिहरुले आदिवासी लिम्बू समुदायको ऐतिहासिक धार्मिकस्थल मुक्कुम्लुङको अतिक्रमण गरी केबलकार बन्न नहुने वक्ताहरुले बताए ।

तीनअघि मात्र फुङलिङ बजारमै केवलकार निर्माण पक्षधरले केबुलकार निर्माण तत्काल अघि बढाउनुपर्ने भन्दै युवाहरुले मोटरसाइलक र्‍याली गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार