मौना केया (Mauna Kea), सङयुक्त राज्य अमेरिकाको Hawai राज्यमा रहेको Hawaiian natives (हवाईका आदिबासी)हरुको पवित्रस्थल (Sacred Site) हो । यो पवित्रस्थलमा सुरु गरिएको बिकासे अतिक्रमणकारी परियोजना त्यहाँका आदिबासीहरुको अस्वीकृतिको कारण संसारको सबैभन्दा ठूलो Telescope (Thirty-Meter Telescope, or “TMT”) निर्माण परियोजना भए पनि बाध्य भएर हाल सरकार र निर्माणकर्ताहरुले काम बन्द गरेर अन्यत्र सारिरहेका छन ।
अन्यत्र सारेको मात्र होइन, निर्माणकर्ताहरुले यस अगाडि पटकपटक हवाईका आदिबासीहरुले गरेको प्रतिरोधको क्रममा उनिहरुप्रती गरिएको र भएको अपमान, आलोचना र दुर्व्यवहार प्रती क्षमा याचना समेत गरेका छन ।
अरबौ अमेरिकन डलरको यो संसारकै सबै भन्दा ठूलो टेलेस्कोप निर्माण परियोजना खगोल बिज्ञानको क्षेत्रमा अनुसन्धानको लागि संसारभरकै सर्बोत्तम उपयोगी हुन्थ्यो । तथापी, त्यहाका आदिबासीहरुको पवित्रस्थल (Sacred Site) “मौना केया” (Mauna Kea) लाई त्यहिका आदिवासिहरुलाई आफै सङरक्षण गर्ने जिम्मा दिएर छाडेका छ्न । सन २००९ बाट प्रारम्भ गरिएको यो परियोजना हवाईका आदिबासीहरुको निरन्तर अटुट प्रतिरोधका कारण गतसाल २०२३ बाट निर्माण बन्द गरि स्थनान्तरण गरिदैछ ।
यहाँ स्मरण योग्य कुरा के छ भने त्यहा आदिबासीहरुले आफ्नो पवित्रस्थल संरक्षणको लागि प्रतिरोध गर्दा उनिहरुमाथी अमेरिकन सरकारले आर्मी पुलिस लगाएर समातेर, जेलनेल हालेर, गोलि चलाएर र जनता मार्न अमेरिकन पुलिस आर्मिहरुको हातहतियरले नपुगेर त्यो भुमी आदिबासीहरुलाई नै पुन: फिर्ता दिएको होईन । त्यो काम उदार पुजिबादको संसारभरको नाईके विश्वको सर्बसक्तिमान मुलुक भएपनि आफ्नै जनता सङग शक्तिको तुजुक नदेखाई त्यहाको सरकारले लोकतान्त्रीक मूल्य मान्यतामा आफ्नो भुमिमा रहेका आदिबासीहरु प्रती गरेको कर्तब्यबोध र दायित्व बहन हो । यदि नेपालमा लोकतन्त्र छ भने मुक्कुम्लुङ लगायत क्षेत्रका आदिबासीहरुप्रती नेपाल सरकारको यस्तो दायित्व र कर्तब्य वहन गरेर उनिहरुको पवित्रस्थल उनिहरुलाई नै सङरक्षण गर्ने अधिकार दिनु पर्छ कि पर्दैन ? दिनै पर्छ ।
यो मौना केया (Mauna Kea) पवित्रस्थल पहाड समुन्द्रको पिधबाट मापन गर्दा सगरमाथा भन्दा पनि अग्लो स्थलमा रहेको छ । जहाँ हरेक वर्ष लग्भग एक लाख पर्यटक पुग्ने गर्दछन । जुनस्थानमा यात्रीस्टेसनबाट पैदल यात्रा (hiking)को दुइतर्फि समयावधी ६-८ घण्टा अवधिको छ । यो झन्डै-झण्डै मुक्कुम्लुङ्को पैदल यात्रा अवधीसङग मिल्दोजुल्दो नै हो ।
हवाईका आदिबासीहरुको आध्यात्मिक विस्वास र मान्यता अनुसार; “मौना केया” (Mauna Kea) त्यस्तो पवित्रस्थल हो; सरल भाषामा बुझ्ने गरि लेख्दा, त्यही पकित्रस्थलमा धर्तिमाताले गगनपितासँग भेट गर्छ वा त्यहाको आदिबासीय आध्यात्मिक विश्वास र मान्यता अनुसार धर्ति र आकासको मिलन्बिन्दुको पवित्रस्थल हो, त्यो स्थल । तसर्थ त्यही पवित्रस्थल नै संसारभरका मानव जीवन जगतको प्रारम्भ स्थल हो । तसर्थ, त्यहाका आदिवासीहरु त्यो स्थललाई कुनै अतिक्रमण बिना आफै सङरक्षण गर्न चाहन्छन । र, त्यो अवसर अहिले सङघर्स बाट पुन: प्राप्त गर्न सफल भएका छन ।
विश्व मानचित्रमा नेपालदेखी संसारको अर्को विपरित कुनामा अवस्थित त्यो आदिबासीय पवित्रस्थल (Sacred Site) “मौना केया” (Mauna Kea) जस्तै आजभोली नेपालको प्रदेश नं. १ मा सर्वाधिक चर्चामा रहेको लिम्बुवानको “मुक्कुम्लुङ” आदिबसी याक्थुङ/लिम्बुहरुको लागि पवित्रस्थल (Sacred Site) हो । युमा माङ/साम्माङको पवित्र वासस्थान हो ।
त्यस कारण यहाँ अतिक्रमण गरेर कुनै पनि नाफामुखी परियोजना स्विकार्य छैन । यहाका आदिवासिहरुको स्वीकृति नभएको केवलकार । यश करण यहाबाट फिर्ता हुनुको कुनै विकल्प छैन। चाहे सरकार होस, या कम्पनी या व्यक्ती जसको योजना वा सोच जे भए पनि यो अतिक्रमणको जबरजस्ती निर्न्तरता दिने काम भएमा त्यो काम बिध्वङसको कारक मात्र बन्न पुग्नेछ । सबैले बुझ्नु पर्ने कुरा यहि नै हो । परिस्थिती त्यस तर्फ नलान सबै जिम्मेवार हुनै पर्दछ । यो पवित्रस्थल संरक्षण गर्ने पुर्ण अधिकार र हक यहाका आदिवासीहरुलाई छ । सेवारो । (केके थप आधार छन ? भन्ने विषयमा पुन: कुरा गर्न सकिनेछ )।@फेसबुक पेजबाट ।