काठमाण्डौ: राष्ट्रीय नाटक महोत्सव २०८१मा ‘घरजम’ उत्कृष्ट अभिनेत्री र निर्देशक हात पार्दै, एकलाख नगद सहित पुरस्कृत भएको छ ।
गएको भदौ ३० देखि असोज आज सम्पन महोत्सवमा घरजम नाटक प्रथम हुँदै उत्कृष्ट अभिनेत्री तथा निर्देशकको सम्मान समेत प्राप्त गरेको जनाइएको छ ।
हरिप्रसाद कल्यानी रिमाल राष्ट्रिय नाट्यसंगीत प्रतिष्ठान काठमाण्डौले आयोजना गरेको नाटक महोत्सवमा घरजम प्रथम स्थान हासिल गरेसँगै एकल लाख नगद, ट्रफी र सम्मान पत्र प्राप्त गरेको छ ।
काठमाण्डौको राष्ट्रिय नाचघर जमलमा सम्पन्न महोत्सवमा उत्कृष्ट अभिनेत्रीमा भावना मगर, उत्कृष्ट निर्देशकमा नाटकका निर्देशकद्वय सुरेश पोर्तेल र अन्वेश राईले नगद ट्रफी र सम्मान पत्र प्राप्त गरेका छन् ।
साहित्यकार माधव भँडारीले लेखेको नाटक घरजम ५० वर्ष अघिको नेपाली गाउँको कथा हो । कथाको निर्देशन सुरेश पोर्तेल र अन्वेश थुलुङले गरेका छन् ।
नाटक घरजममा सामान्य नेपाली समाजमा विबाहित महिलाले भोग्नु पर्ने पारिवारिक समस्याको उजागर गर्न खोजिएको छ । महिलाले अवसर पाएमा समाज रुपमान्तरण योगदान दिन सक्छिन । यतिबेला महिलालाई समाजले अवसर, सहयोग र समन्वयमा पछि पार्न नहुँने सशक्त आवाज बोलेको नाटकका निर्देशक सुरेश पोर्तेलले बताए ।
विवाह गरेकी महिलाले कर्म घरमा परिवारका सदस्यसँग रहदा बस्दा सासु आमाको बुहारी प्रतिको व्यबहार, पतिले पत्नि र आमासँग दोहोरो सन्तुलित व्यबहार देखाउन खोज्दा घरजम टुट्ने र जोडिन आउने परिदृष्य हेर्न सकिने छ । यसका साथै घरजमका आवश्यक आधारहरुको निर्माण गर्न सशक्त सन्देश दिने नाटकका अर्का निर्देशक अन्वेश थुलुङले जानकारी गराए ।
करिब ४५ मिनटको नाटकमा सरिता राई, भावना अपाङ्गी मगर, सुशान्त चापागाई, समिर राई, रेबिका तोलाङ्गी, आशिका सोतेम्बा राई र भूमिका सुब्बाको कला हर्न सकिने छ । नाटकको बाध्यवादन तथा गीतमा निर्मल राई र प्रितिका मुखिया रहेका छन् ।
महोत्सवमा देश भरका ३२ कथा मध्ये उत्कृष्ट ६ मा परेको नाटक मञ्चनका लागि छनौट भएको थियो ।