इलाम: सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ इलामले मंगलबार बार्षिक परिषद सम्पन्न गरेको छ । परिषदमा महासंघले गएको बर्ष सम्पन्न गरेको गतिविधीको बारेमा छलफल भएको थियो ।
महासंघको जिल्ला अध्यक्ष गोकुल राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरीका महासंघमा आबद्ध सामुदायिक वनका प्रतिनीधिहरुले वनको संरक्षण र विकासको काममा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद महेश बस्नेतले वनलाई सबैको साझा मानव जीवनको स्रोतको रुपमा बिकास गर्नुपर्ने बताए । उनले मानव जीवनका उपभोग योग्य बनाएर लान सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए ।
परिषदमा जिल्ला अध्यक्ष गोकुल राईले महसंघको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने । महसंघका कोषाध्यक्षले आयव्यय प्रस्तुत गरेका थिए ।
जिल्लाका विभिन्न पालिकाका सामुदायिक वनका प्रतिनीधि सहभागी कार्यक्रममा पूर्व महासंघ जिल्ला अध्यक्षलाई सम्मान समेत गरिएको थियो ।