इलाम: याक्थुङ लिम्बू भाषा विकास अभियानमा सम्पूर्ण लिम्बुहरु जोडिनु पर्ने एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले किरात याक्थुश्र चुम्लुङ नेपाल र कियाचु दक्षिण कोरियाले अनलाइन आयोजना गरेको किरात सिरिजंगा युनिक कोड सार्वजनिक कार्यक्रममा बोल्दै भाषा विकासको अभियानमा सम्पूर्ण लिम्बुहरु व्यवहारिक रुपमा लाग्नु पर्नेमा जोड दिए ।
शुक्रबार साँझ भएको कार्यक्रममा किरात सिरिजंगा लिपी युनिक कोडमा टाइप गर्न सहज भएसँगै सबैले व्यवहारिक रुपमा प्रयोगमा ल्याउँन आव्हान समेत गरे ।
पूर्व कुलपति तथा किरात याक्थुङ चुम्लुङका सल्लाहरकार बैरागी काइलाले लिम्बू भाषाको विकासको अभियानमा लाग्नु पर्नेमा जोड दिए । उनले भाषा विकास गर्न व्यवहारिकर रुपमा लाग्न भाषाका सुभचिन्तक सबैलाई आग्रह गरे ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले युनिक कोड हुँदैमा भाषाको विकास नहुँने भन्दै यसलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउँनु पर्ने बताए । उनले भाषाको विकासमा युनिक कोडले सहज बनाएपनि यसको व्यवहारिक प्रयोगले मात्रै यसको जीवन्तता देखिने बताउँदै सबैलाई प्रयोगमा ल्याउँन अनुरोध गरे ।
प्राज्ञ अमर तुम्याहाङले भाषाको विकासले मात्रै समुदायको विकासको मापन गरेन सकिने भएकोले भाषा विकासको अभियानमा जुट्नु पर्ने बताए । उनले भाषाको व्यवहारिक प्रयोगले मात्रै यसको विकास हुने भएकोले प्रयोगमा ल्याउँनु पर्नेमा जोड दिए ।
किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङभा लिम्बुले सार्वजनिक कार्यक्रममा स्वागत गर्दै लिपी र भाषालाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउँनु पर्ने बताए । उनले भाषा विकासका लागि चालेको अभियानलाई व्यवहारिक रुपमा रुपान्तरण गर्न सके मात्र सार्थकता पाउँनमा जोड दिए ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको कार्यक्रममा युनिक कोड निर्माता प्राविधिक पवन चित्रकारले यसको प्रयोगका विषयमा जानकारी गराउँदै प्रयोगमा समेत ल्याउँनु पर्नेमा जोड दिए ।
सार्वजनिक कार्यक्रममा युनिक कोड निर्माण गर्न कियाचु दक्षिण कोरियाले आर्थिक संकलन थालेर २७ लाख ६ हजार सहयोग गरेको चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् । उनका अनुसार चुम्लुङले भाषा सम्बन्धि काम गर्न २० लाख अक्षयकोषमा राखेको छ ।