इलाम: किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १३औ महाधिवेशन विनोद सौदेनलाई अध्यक्ष बनाउँदै सम्पन्न भएको छ । अधिवेसनले २८ सदस्यीय नयाँ कार्य समिति गठन गर्दै सम्पन्न भएको कियाचु नेपालले उल्लेख गरेको छ ।
अधिवेसनले बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बालाई छानेको छ ।
उपाध्यक्षहरुमा बिरेन लिङदेन, माङ्सालुङमा तुम्बापो, दुर्गा चेम्जोङ माबोहाङ, विराज ऐक्तेन, डम्बर केदेम, सरोज योङहाङ, रमेस लक्समलाई निर्वाचित गरेको छ । महासचिबमा हर्क सुब्बा चेम्जोङ, सचिव डिबी योङहाङ, सहसचिब उत्तम कुमार लिम्बु र राजन सौदेन, कोषाध्यक्ष बिरेन खेवा लिम्बु छनौट भएका छन् ।
सदस्यहरुमा समिर योङहाङ, मणि संयङ लिम्बु, रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बु, श्रेहाङ ईधिङगो, धिरेन लिङज्याङ, बुद्धि वल लिम्बु, प्रकास सौदेन, दिल कुमार लिम्बु, रिस्ता सौदेन, सिर्जना नेम्बाङ र रचना सौदेन रहेका छन् ।