इलाम: एकल अस्तित्वमा भाषा नबाँच्ने भएकोले नीतिगत रुपमा भाषा संरक्षणको कार्यक्रम आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले बिहिबार इलाममा आयोजना गरेको मातृभाषा काव्य गोष्ठी २०८१ बोल्दै नीतिगत रुपमा मातृभाषालाई संरक्षणको कार्यक्रम गर्नु पर्नेमा जोड दिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सहकारेयमा नेपाल सम्बत १४४५ र छठ पर्वको अवसरमा भएको गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा सहित्य विभाग प्रमुख राजन मुकारुङले मातृषाभा साहित्यलाई नीतिगत रुपमा संरक्षण र विकासको काम गर्नुपर्नेमा जोड दिए । उनले नेपालीहरु माझ रहेको कला सांस्कृति नै साहित्यको स्रोत भएको बताए ।
‘सांस्कृतिक पहिचान बोकेको पालाम, ख्याली, मारुनी संगिनी हाक्फारे सकेला नै भाषा साहित्यको प्रमुख स्रोत हो मुकारुङले भने यसको संरक्षण र विकासले मात्रै मातृभाषाको विकाससँगै समुदाय समृद्ध हुन्छ ।’
प्राज्ञ मुनाराज सेर्माले भाषा संरक्षणमा राज्यको उद्धार नीति आवश्यक भएको बताए । उनले राज्यका सबै भाषाको समान सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
इतिहासकार युद्धप्रसाद बैद्यले भाषा साहित्य समुदायको विकाससँग जोडिएकोले यसको विकासमा राज्यले नीतिगत रुपमा कार्यक्रम ल्याउँन आवश्यक रहेको जोड दिए । उनलेभूमण्डलीकरणले रैथाने भाषाको अस्तित्व हराउँन लागेको बताउँदै यसको संरक्षणमा सरोकारवाला लाग्नु पर्ने बताए ।
प्रज्ञा सुमित्रा वाङदेल चेलीले भाषाको विकास परिवारबाटै सुरुवात गर्नुपर्ने बताइन् । उनले एकल अस्तित्वमा भाषा बाँच्न नसक्ने बताउँदै अन्त अस्तित्वसँगै यसको विकासमा नीतिगत रुपमा कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् ।
भूगोल भाषा र भावनात्मक सम्बन्धले मात्रै भाषाको विकास हुने उपप्राध्यापक दिपक लुङ्गेलीले बताए । उनले भने ‘सबै भाषाको संरक्षणमा राज्यको नीति नभएकोले शक्तिशाली भाषाले कमजोर अन्य भाषालाई कमजोर बनाउँदै लगेको ।’
मातृभाषामा आदिवासी सौन्दर्यको खोजी गर्दै रैथाने सौन्दर्यशास्त्रको विकास गर्नुपर्नेमा जोड दिदै भाषिक कलाको विकास गर्नुपर्ने उल्लेख गरे ।
अधिवक्ता यामप्रसाद लिम्बुले राज्यकै नीतिको कारण मातृभाषा दमनमा परेको बताउँदै सरकारले नीतिगत रुपमा भाषा विकासको कार्यक्रम ल्याउँनु पर्नेमा जोड दिए । उनले कानुनमा सबै राष्ट्र भाषालाई समान अवसर दिए पनि नीतिगत रुपमा नेपाली खस भाषा बाहेक अन्य भाषाको विकासमा राज्य उदासिन रहेको बताए ।
गोष्ठीमा प्रदेशका मातृभाषा साहित्य अवस्था विषयमा कार्यपत्र प्रस्तोता मधुराज केरुङले राज्यले प्रोत्साहन नगरेरै कमजोर भएको बताए । उनले भाषाको विकासका सवालमा राज्यले नीतिगत रुपमै कार्यक्रम गर्नुपर्नुमा जोड दिए ।
‘राज्यको एकल तथा दमकारी नीतिले मातृभाषीले समेत यसको प्रयोगमा चासो नदेखाएको बताउँदै उनले भने भाषा विकास स्वंय समुदायले पनि व्यवहारिक रुपमा प्रयोग गर्नुपर्छ ।’
भाषा भावनाको पुल भएकोले यसलाई विकास गर्न नीतिगत कार्यक्रम आवश्यक रहेको इलाम साहित्य समाजको अध्यक्ष शुरेन्द्र राईले बताए । कार्यक्रममा इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले स्वागत गरेका कार्यक्रम अन्वेष थुलुङले सञ्चालन गरेका थिए ।