गैसस महासंघ इलामको १० औ अधिवेशन भक्त थामीलाई अध्यक्ष बनाउँदै सम्पन्न


सरिता राई  101 पटक हेरिएको

इलाम: गैरसरकारी संस्था महासंघ नेपाल इलामको १० औ अधिवेशन भक्त थामीलाई अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ । अधिवेशनले ९ सदस्यीय जिल्ला समिति बनाएको छ ।

महासंघको उपाध्यक्ष इन्दिरा घिमिरे, सचिव मनकुमार बराइली, कोशाध्यक्ष शंकर आचार्य, सहचिव कमला राया घिमिरेलाई छानेको छ । सदस्यहरुमा नेत्रप्रसाद लुईटेल, सारदा उप्रेती, नानुका खत्री र दिपा आचार्य चुनिएका छ्न् ।

महासंघको केन्द्रीय अध्यक्ष रामप्रसाद सुविदीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा महासंघको वार्षिक प्रतिवेदन कमल नेपालले प्रस्तुत गरेका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल राष्ट्रको सर्वाङ्गीण विकास एवम सामाजिक न्याया समानता मा आधारित , सामाजिक र लोकतान्त्रिक समाज निर्माण गर्ने लक्ष्य बोकेर सामाजिक विकास अभियानलाई संस्थागत सशक्त र दिगो बनाउन क्रियाशिल गैरसरकारि संस्थाहरुको सशक्तिकरण र संस्थागत विकास गर्ने उद्देश्यले खोलिएको संस्था हो ।

महासंघका उपाध्यक्ष भक्त थामीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै महसंघले गरेको काम प्रभावकारी भएपनि कामलाई स्थानीय तहले विश्वान गर्न नसकेको बताए ।

कार्यक्रममा नागरिक संघ संस्थाहरुलाई अभिमुखिकरण सम्बन्धी छलफल पत्र मनकुमार बराईलिले प्रस्तुत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार