दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने


सरिता राई  98 पटक हेरिएको

इलाम: इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप आउँदो माघमा हुने भएको छ । माघ ५ गतेदेखी १२ गतेसम्म्म हुने ओएसिश क्लब इलामले जनाएको छ ।

इलाम बजारको ठूलो टुँडिखेलमा हुने खेलमा आठ टिमको सहभागिता रहने आज सोमबार क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यसपटक विभागीय टिम अन्तर्गत एपिएफ, नेपाल आर्मी क्लब र बागमती एकेडेमी, गढिमाई एफसी धनगढीले प्रतिस्पर्धामा भाग लिने क्लबका सचिव रोसन राईले जानकारी गराउ । यस्तै भारतको मानेभञ्ज्याङ क्लब, सिएफसी उत्तर प्रदेश क्लबको सहभागिता रहनेछ जनाइएको छ ।

पत्रकार सम्मेलनमा गोल्डकपमा राष्ट्रिय खेलाडी उपस्थित गराउने प्रयास भैरहेको क्लबका अध्यक्ष धुर्व राईले बताउँदै महिला फुटबल खेलमा महिलाहको हौसला मिल्ने विश्वास व्यक्त गरे ।

गोल्डकपको उपाधी हात पार्ने चार लाख र दोस्रो हुनेले २ पुरस्कार प्राप्त गर्नेछन् ।

क्लबले प्रतियोगिता सम्पन्न गर्न ५१ लाख ३७ हजार सात सयर अनुमान गरेको छ ।

अघिल्लो वर्ष निशुल्क खेल हेर्नेले यसवर्ष भने शुल्क तिर्नु पर्ने आयोजकले जनाएको छ । शुल्कमा विद्यार्थीहरुलाई पचास प्रतिशत छुट साथै जेष्ठ नागरिकहरुलाई निशुल्क रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार