फुङलिङ: ताप्लेजुङको फुङलिङ तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःलाक्मादेन) निर्माण गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा लिम्बू समुदायको संस्कृति संरक्षण गर्न प्रतिमा निर्माण गरिएको हो ।
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या–राक्मा तेन निर्माण समिति ताप्लेजुङको व्यबस्थापनमा संयुक्त रुपमा निर्माण गरि उद्धघाट गरिएको प्रतिमा निर्माण गर्न ८० लाख लागेको जनाइएको छ ।
आधुनिकताको प्रभावसँगै मौलिक संस्कार संस्कृति लोप हुँदै गएको अवस्थामा धान नाच स्तम्भ निर्माणले सांस्कृतिक संरक्षणमा सहयोग पुगेको कियाचु ताप्लेजुङकी अध्यक्ष ईन्दिरा मेन्याङबोले बताइन् ।
कुम्भकर्ण हिमाल (फक्ताङलुङ) र पाथीभरा (मुक्कुमलुङ) को पृष्ठभूमिमा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको प्रतिमा मूर्तिकार पूर्ण वनेमको नेतृत्वले बनाएको हो । मूर्तिकार वनेमको नेतृत्वमा चार जनाको टोलीले काँसको प्रयोग गरी प्रतिमा बनाएको बताएको छ ।
लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन प्रतिमा निर्माण गरिएको निर्माण संयोजक कीर्तिमान मादेनले बताए उनले भने ‘यसले याक्थुङ लिम्बू समुदायको सांस्कृतिक धरोहर संरक्षणमा योगदान दिएको छ । लिम्बू समुदायको मौलिक सांस्कृतिको नयाँ पुस्तामा महत्व बुझाउन प्रेरणा दिनेछ ।’
यालाङ अर्थात धाननाच लिम्बू समुदायको परम्परागत सांस्कृतिक नाच हो । याक्थुङ लिम्बुको सुख वा दुख दुबै कार्यक्रममा धाननाच नाच्ने गरिन्छ ।