मुक्कुमलुङ (पाथीभरा) समस्या समाधान गर्न सरकारद्वारा वार्ता टोली गठन


सेवारो खबर  168 पटक हेरिएको

इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा समस्या समाधान गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।

‘नो केबलकार समूह’सँग समस्या समाधानका लागि वार्ता टोली गठन गरेको गृह मन्त्रालयले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

विज्ञप्तीमा आन्दोलरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई सम्बाद मार्फत समस्याको समाधान गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतनीधि समेत रहेको वार्ता टोली गठन गरेको मन्त्रालयको वेबसाइटमा राखेको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले गठन गरेको वार्ता टोलीले आजैबाट कार्य प्रारम्भ गर्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार