‘नो केबलकार समूह’सँग माघ २७ मा गर्ने वार्ताको वातावरण बनाउँन पक्राउ कार्यकर्ता रिहाई


सेवारो खबर  91 पटक हेरिएको

इलाम : मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’सँग माघ २७ गते वार्ताको वातावरण बनाउँन पक्राउ परेका सबै कार्यकर्ता रिहाई भएका छन् ।

वार्ताका लागि सरकारले न्यूनतम वातावरण तयार गर्न पक्राउ परेको कार्यकर्ता रिहाई गर्ने सहमति भएको थियो । सहमति अनुसार आन्दोलनका क्रममा विभिन्न स्थानबाट पक्राउ परेका १७ कार्यकर्ता रिहाई भएको जनाइएको छ ।

आन्दोलनका क्रममा ताप्लेजुङबाट ३ जना झापाको दमकबाट ८ र सुनसरी धरानबाट ६ जना पक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले महिचानबादी मोर्चाका जिल्ला संयोजक समेत रहेका प्रदीप मादेन (नानी) लाई १० हजार धरौटीमा रिहा भएका छन् ।

सिदिङ्वा गाउँपालिका–५ घर भएका लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बु जनही ५ हजार धरौटी बुझाएर छुटेका जनाइएको छ ।

झापाको दमकबाट पक्राउ परेका ८ जनामा पदम बेघा धनकुमार योङहाङ शुक्र लिम्बू आदित्य फियाक प्रकाश लिम्बू नाम्साङ लिम्बू सन्देश लिम्बू र सञ्जय ताजपुरियालाई प्रहरीले बीलाउँने वा तीन महिनामा फेरि सम्पर्कमा आउँने शर्तमा रिहा भएको बताइएको छ ।

सुनसरीको धरानबाट पक्राउ परेका ६ जना सुमन चेम्जोङ, दिवस राई, सरिल घले, किसन राई, योगेश तामाङ सन्दिप र लिम्बुलाई रिहा गरेको आन्दोलनरत पक्षले जनाएको छ ।

नो केबलकार समूहसँग भएको सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सहमति पत्रमा सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क  र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने । २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने । आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने । मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने । र मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११:०० बजे वार्तामा बस्ने भनिएको छ ।

मुक्कुम्लुङमा केबलकार निर्माणको विरोधमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष संघर्ष समितिले चरणबद्ध आन्दोलनमा यातायात बन्दसँगै ९ जिल्ला आम हड्तालमा उत्रिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार