प्रतिनिधि सभा बैठकमा ‘मुक्कुमलुङ (पाथीभरामा) केबलकार निर्माण तत्काल रोक्न माग’


सेवारो खबर  96 पटक हेरिएको

काठमाडाैं: प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा केबलकार निर्माण तत्काल रोक्न माग गरेका छन् ।

सांसदहरुले ताप्लेजुङमा केबलकार निर्माणलाई लिएर भइरहेको घटनाको ध्यानाकर्षण गराउँदै केबुलकार निर्माण तत्काल रोक्न माग गरे ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्रमा व्यापारिक स्वार्थका लागि घटना भइरहेको भन्दै केबलकार निर्माण कार्य अविलम्ब रोकेर वार्ता मार्फत समस्या समाधान गर्न माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले ताप्लेजुङमा केबलकार निर्माण सम्बन्धी सम्पूर्ण प्रक्रिया रोकेर सम्बद्ध पक्षसँग छलफल गरी अगाडी बढ्न माग गरिन् ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका विषयमा भइरहेको विवादबारे संसद्बाट ध्यानाकर्षण गराए ।

उनले नेपालको कानुन अनुसार निजी क्षेत्रलाई केबलकार निर्माणका लागि अनुमति दिएको भएपनि केही दिनदेखि केबलकार निर्माणको विषयलाई लिएर भइरहेको घटना दुःखद भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार